मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकाले प्रत्येक घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गरेको छ । दाउराको चुलो र ग्यास सिलिन्डरबाट मुक्त बनाउने अभियान अन्तर्गत वडा कार्यालयमै पुगेर इन्डक्सन चुलो वितरण गरेको हो ।
केन्द्रीय विद्युत् प्रशारण पुगेसँगै गाउँपालिकाभित्र बसोवास गर्ने झण्डै चार सय ८० घरधुरीलाई लक्षित गरी पहिलो चरणमा आर्थिक अवस्था कमजोर, अपाङ्गता र ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार आर्थिक वर्ष २०८१–८२ का दुई सय १० घरधुरीलाई दिइएकोमा यस आव २०८२–८३ को साउन महिनामै दुई सय ६० जनालाई वितरण गरिने छ ।
अध्यक्ष गुरूङले भने, ‘‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिका बारेमा पनि जानकारी गराएका छौं, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्छ ।’’ लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै अहिले पनि नियमित दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ ।
स्थानीय पेम्बा गुरूङले गाउँपालिकाले नि:शुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झबाट मुक्त भएको बताए।
गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग चलाउन सकेमा करिब ५ वर्षसम्म टिकाउन सकिने भएकाले वडा तहमा हुने विभिन्न कार्यक्रममा मर्मत तथा प्रयोगका विधिलाई समेत आगामी दिनमा निरन्तरता दिने बताए। गाउँपालिकालाई धुँवारहित पालिका बनाउन सकिने र इन्डक्सन चुल्होको प्रयोगबाट विद्युतीय महशुल समेत धेरै महँगो नहुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले बताए।
गाउँपालिकामा अधिकांश सानो परिवार भएकाले पनि इन्डक्सन चुल्होले खाना पकाउन सहज हुने बताइएको छ । एउटा इन्डक्सन चुल्होलाई ३५ सय रुपियाँ पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...




प्रतिकृया लेख्नुहोस्: