मुस्ताङ। मुस्ताङको लोमान्थाङ गाउँपालिकाले प्रत्येक घरधुरीमा विद्युतीय इन्डक्सन चुल्हो वितरण गरेको छ । दाउराको चुलो र ग्यास सिलिन्डरबाट मुक्त बनाउने अभियान अन्तर्गत वडा कार्यालयमै पुगेर इन्डक्सन चुलो वितरण गरेको हो ।
केन्द्रीय विद्युत् प्रशारण पुगेसँगै गाउँपालिकाभित्र बसोवास गर्ने झण्डै चार सय ८० घरधुरीलाई लक्षित गरी पहिलो चरणमा आर्थिक अवस्था कमजोर, अपाङ्गता र ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार आर्थिक वर्ष २०८१–८२ का दुई सय १० घरधुरीलाई दिइएकोमा यस आव २०८२–८३ को साउन महिनामै दुई सय ६० जनालाई वितरण गरिने छ ।
अध्यक्ष गुरूङले भने, ‘‘इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिका बारेमा पनि जानकारी गराएका छौं, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्छ ।’’ लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै अहिले पनि नियमित दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ ।
स्थानीय पेम्बा गुरूङले गाउँपालिकाले नि:शुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्यास खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झबाट मुक्त भएको बताए।
गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग चलाउन सकेमा करिब ५ वर्षसम्म टिकाउन सकिने भएकाले वडा तहमा हुने विभिन्न कार्यक्रममा मर्मत तथा प्रयोगका विधिलाई समेत आगामी दिनमा निरन्तरता दिने बताए। गाउँपालिकालाई धुँवारहित पालिका बनाउन सकिने र इन्डक्सन चुल्होको प्रयोगबाट विद्युतीय महशुल समेत धेरै महँगो नहुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले बताए।
गाउँपालिकामा अधिकांश सानो परिवार भएकाले पनि इन्डक्सन चुल्होले खाना पकाउन सहज हुने बताइएको छ । एउटा इन्डक्सन चुल्होलाई ३५ सय रुपियाँ पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: