Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मधेश प्रदेशलाई सुख्खाग्रस्तबाट बचाउन तत्काल डिप बोरिङ जडान गरिने : प्रधानमन्त्री

खबरडबली संवाददाता

महोत्तरी। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट बचाउन दीर्घकालीन र तत्कालीन गरी दुई वटा उपाय अवलम्बन गरिने बताएको छन् ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिक-६ मा प्रसूति गृहको उद्घाटनपश्चात् आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएको हो । उनले यस क्षेत्रमा खानेपानी, सिँचाइको अभाव रहेको हामीले प्रत्यक्ष रुपमा महसुस गर्न पाएको उल्लेख गर्दै अहिले मधेश प्रदेशमा दु:खको समय रहेको बताए। 

सर्लाहीबाट नै जमिनको नजिकैबाट हेलिकप्टर उडाएर प्रत्यक्ष रुपमा सुख्खाको अवस्था अवलोकन गरेको बताउनुहुँदै प्रधानमन्त्री शर्माले भने, “हेर्दाहेर्दे आयौँ, खासमा जमिनमा रोपाइँ भएकै छैन, पोखरीको पानी घटेको छ ।” खानेपानी, सिँचाइको समस्या, अनावृष्टिको कारणले समस्याले प्रत्यक्ष देखेको प्रधानमन्त्री ओलीले बताए । 

खानेपानी अभाव, सिँचाइ अभाव तथा सुख्खाग्रस्त भएको कारणले नै मधेशलाई मन्त्रिपरिषदको बैठकबाट सङ्कटग्रस्त घोषणा गरिएको बताउँदै उनले सङ्कटग्रस्त घोषणाले मात्रै केही नहुने भएकोले हामीले तत्कालका लागि केही उपाय अवलम्बन गर्ने जानकारी दिए। अहिले तत्कालका लागि अरु विभिन्न कामहरुमध्ये पाँच सय डिप बोरिङ जडान गरिने बताउँदै एउटाबाट ६० बिघा जमिन सिँचाइ गर्न सकिने बताए। 

यसबाट तत्कालको लागि केहीहदसम्म सिँचाइको समस्या कम हुने ठम्याइ प्रधानमन्त्री ओलीको थियो । उनले मधेशको पूर्वको सप्तरीमा कोशी नदीको कारणले सुख्खाको केही कम समस्या देखिए पनि बाँकी सात जिल्लाको अवस्था बढी समस्याग्रस्त रहेको बताए ।

दीर्घकालीन रुपमा सुख्खाग्रस्तबाट मधेशलाई बचाउन चुरेदेखि लिएर चुरेमा पानीको रिजर्वहरु बनाउने, तालतलैया बनाउने, पोखरी बनाउने जसबाट रिचार्ज सिस्टममा जमिनको सतहबाट पानी तल नजाने कुराका लागि अनुकूल वातावरणतर्फ फर्काउने काम हामीले गर्ने उनले आश्वासन दिए । उनले मधेशलाई सुख्खाग्रस्तबाट बचाउन सरकारका सबै अंग र निकायका साथसाथै गैरसरकारी सङ्घसस्थालाई समेत साथ र सहयोगको लागि आग्रह गरे।

कार्यक्रममा लोसपा नेपालका अध्यक्ष तथा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले संविधान संशोधन गर्न तथा मधेश र थरुहट क्षेत्रका नेतामाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन आग्रह गरे।

कार्यक्रममा सङ्घीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतकाले मन्तव्य राखेको थिए। प्रसूतिगृहको उद्घाटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली मटिहानीस्थित देशकै पहिलो विद्यालयको रुपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेको थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अध्यक्ष पदमा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...

ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी, ओलीसँग भिड्ने

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...

महासचिव नपाएका ज्ञवाली उपाध्यक्ष बन्न मानेनन्, महाधिवेशनमा अनुपस्थित

काठमाडौं । एमालेको आगामी महाधिवेशनअन्तर्गत भोलि (मंगलबार) हुने निर्वाचनमा नयाँ नेतृत्व चयन हुने तयारी छ। अध्यक्ष पदका मुख्य प्रतिस्पर्धी केपी शर्मा ओल...

एमाले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन, उम्मेदवार फारम दर्ता दिउँसो ३ बजेसम्म

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनको लागि हुन लागेको निर्वाचनको कार्यतालिका संशोधन भएको छ। एघारौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर...

हामी प्यानल बनाउँदैनौं, व्यक्तिगत रूपमा उपमहासचिव उम्मेदवारी दर्ता गरेको छु: योगेश भट्टराई

काठमाडौँ । एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदका दाबेदार योगेश भट्टराईले आफूले व्यक्तिगत रूपमा उम्मेदवारी दिएको बताएका छन्। भट्टराईले आफ्नो समूहब...

लेखराज भट्टलाई उपमहासचिव पदका उम्मेदवार बनाउन ओली तयार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो प्यानलबाट लेखराज भट्टलाई उपमहासचिव पदको उम्मेदवार बनाउने तयारीमा रहेका छन्। सोमबार बिहान ओली ...

पार्टीलाई सामूहिक नेतृत्वमा विधिपूर्वक चलाउन अध्यक्षमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढंगले सञ्चालन गर्न अध्यक्ष पदमा दाबी गरेको बताएका छन्। महाधिवेशनको बन्दसत्र स्थलमा पत्रक...

दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गरेको छन्। उनले...

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति हो: महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending