Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान

खबरडबली संवाददाता

खोटाङ। सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि बिकल्पमा बेलिब्रिज जडान गरिएको थियो । 

नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाइघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै बिकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो । 

निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका लागि सामान ढुवानी गर्न सुनकोशीको फोक्सिन्टरमा घिर्नी जडान गरिएको निर्माण व्यवसायी महेश रेग्मीले जानकारी दिए। 

रसुवा–पानधारे सडक अन्तर्गत रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । जसको लागि सामान तार्न सुनकोशीमा घिर्नी जडान गरिएको उनको भनाइ छ । आवश्यक परेमा दैनिक उपभोग्य सामान पनि तार्न सकिने रेग्मीले बताए। 

निर्माण व्यावसायी रेग्मीका अनुसार घिर्नी जडान गरेर साउन ८ गते परीक्षण गरिएको छ । इटहरीबाट ल्याएर प्राविधिकहरुले परीक्षण गरेर सञ्चालनको लागि अरुलाई प्रशिक्षण दिइरहेका छन् । केही दिनमा घिर्नी पूर्णरुपमा सञ्चालनमा आउने रेग्मीको भनाइ छ । सुनकोशीमा हिउँदमा मात्र बेलिब्रिज जडान हुने भएकाले अन्य समयमा सडक कालोपत्रेका लागि आवश्यक सामान ल्याउन कुनै बिकल्प नभएपछि घिर्नी जडान गरिएको उनले बताए। 

खोटाङको खोटेहाङ गाउँपालिका –९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका –५ आँपटार जोड्ने फोक्सिन्टारको १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पुल गत असोज १२ गते सुनकोशीमा आएको बाढीले बगाएको थियो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर० अन्तर्गत फोक्सिङटारमा बनेको पुल बगाएपछि पुस २७ गते अस्थायी बेलिब्रिज राखिएको थियो । 

कोशीमा पानीको बहाब बढेपछि जेठ ५ गतेबाट पूर्णरुपमा सवारीसाधन वारपारमा रोक लगाएर बेलिब्रिज झिकिएको थियो। गाईघाट–दिक्तेल सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–फोक्सिङटार–गाईघाट सडक पूर्वी शहर जाने र आउने छोटो दूरीको बाटो हो । 

फोक्सिङटारको पक्की पुल बाढीले बगाएपछि दिक्तेल–फोक्सिङटार–गाईघाट सिधा यातायात सम्पर्क विच्छेद भएको थियो । बेलिब्रिज जडान गरिसकिएसँगै खोटाङका यातायात व्यवसायीले दिक्तेलबाट पु:न फोक्सिङटार–गाईघाट सवारी चलाउन थालेका थिए । हाल घुर्मी–कटारीको बाटोबाट तराइका जिल्लामा सवारीसाधन  आवत–जावत हुँदैआएको छ । बाटो लामोहुँदा विशेषगरी निर्माणसँगै दैनिक उपभोग्य सामग्री ढुवानीमा कष्ट हुने गरेको छ । 

निर्माण कम्पनी गौरीपार्वती वाइपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । 

ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा पुल बन्न १२ वर्ष कुर्नु परेको थियो । तर बनेको दुई वर्ष नबित्दै बाढीले पुल बगाएपछि पुन: अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने वाध्यता दोहोरिएको हो । हाल बर्खामा कुनै बिकल्प नभएपछि घिर्नी जडान गर्नुपर्ने बाध्यता छ ।  

फोक्सिन्टारमा पुल पुन: निर्माणका लागि संघीय सरकारबाट ३५ करोड बजेट सुनिश्चित भएको बताइएको छ । तर हालसम्म ठेक्का भने खुलेको छैन् । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग कालोपत्रेको काम निर्माण कम्पनीले नगरेपछि ठेक्का तोडेर फोक्सिन्टार–महुरे सडक दुई खण्डमा पुन:  नयाँ ठेक्का लागेको छ । 

अहिले फोक्सिन्टार–महुरे सडक हिलाम्मे रहेको छ । दिक्तेलबाट रेग्मीटारहुँदै फोक्सिन्टार जाने अर्को छोटो सडक खानीडाँडा–रेग्मीटार सडक पनि बर्षाको कारण ठाउँ ठाउँमा भत्किएपछि पूर्णरुपमा बन्द छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending