Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

गुल्मीबाट ७८ जनाले लिए गैरआवासीय नागरिकता, ८७ जनाले त्यागे नेपाली नागरिकता

खबरडबली संवाददाता

गुल्मी। गुल्मी जिल्लाबाट ७८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । विसं. २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ७८ जनाले गैरआवसीय नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

गुल्मी जिल्ला प्रशासन कार्यालयबाट २०८० कात्तिक महिनाको १९ गतेबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको गैरेले बताए । आर्थिक वर्ष २०७९/८० मा १२ जना, २०८०/८१ मा ४८ जना र गत आर्थिक वर्षमा १८ जना गरी कुल ७८ जनाले गैर आवसीय नागरिकता लिएका हुन् ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि आवश्यक कागजपत्र पूरा गरेको खण्डमा एकै दिनमा नागरिकता प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । नेपालबाट विदेशमा गएर त्यहीको नागरिकता लिइसकेका प्रवासी नेपालीहरुले गैर आवासीय नेपाली नागरिकता लिन थालेका हुन् ।

प्रशासनका न्यून जनशक्ति रहेकाले एकै दिन धेरै गैरआवासीय नागरिकता लिन आएमा उसै दिन प्रदान गर्न नसकिने गैरेले बताए।  

गैरआवासीय नेपाली नागरिकले नागरिकता प्राप्त गर्नका लागि सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता, नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ ।

गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकार वाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० लाग्र भएपछि गैरआवासीय नेपाली नागरिकले नागरिकता प्रमाणपत्रको व्यवस्था सुरु भएको हो । गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लडन, राहदानी बनाउन पाउने छैनन् । तर सम्पति राख्न, व्यापार व्यवसायमा लगानी गर्न पाउनेछन् ।

८७ जनाले त्यागे नेपाली नागरिकता
यस्तै, गुल्मी जिल्ला प्रशासनबट ८७ जनाले नागरिकता त्याग गरेका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६८ जना र गत आर्थिक वर्षमा १९ जना गरी कुल ८७ जनाले नागरिकता त्याग गरेका छन् । गत आर्थिक वर्षमा तीन जनाको नागरिकता रद्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच पक्राउ

दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...

नेकपाले सभामुखमा अर्याललाई समर्थन गर्ने, उपसभामुख पदमा भने दाबी गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...

सभामुख पदमा उम्मेदवारी दिने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय, एमाले छलफलमा

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

हेटौँडा। हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्या...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

अर्यालको प्रस्तावक लामिछाने, समर्थकमा ३ मन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...

सभामुख पदका लागि अर्यालको उम्मेदवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् ।  सभामुख पदका लागि...

लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...

नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।   नेपा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending