काठमाडांै । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ भनिएका दलहरू र कम्युनिष्टहरूको राज्य-नियन्त्रित अर्थव्यवस्था असफल भइसकेको बताएका छन् ।
जननायक बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा बोल्दै प्रवक्ता महतले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी आर्थिक नीति नै देशका लागि उत्तम विकल्प भएको बताए।
“नयाँ र कम्युनिष्टहरूले सक्दैनन्, हामी नै बेस्ट पार्टी हौँ। तर यसलाई सुधार्न आवश्यक छ,” उनले भने, “एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढंगले राख्न सक्यौँ भने सफल हुन्छौँ।”
उनले बीपी कोइरालाले नागरिकलाई अधिकारसम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै राष्ट्रियता बलियो हुन्छ भन्ने सोच राखेको बताए।
“कम्युनिष्टले राज्य नियन्त्रित अर्थव्यवस्थालाई अगाडि सार्छन्, यो असफल अर्थव्यवस्था हो,” प्रवक्ता महतले भने, “अमेरिका जस्तो देशले अवलम्बन गरेको पुँजीवादी व्यवस्था पनि पर्याप्त नभएकाले नागरिकलाई समानता हुन सक्दैन। विभिन्न खाले असमानता चिर्न राज्यले लगानी गर्नुपर्छ भनेर लोकतान्त्रिक समाजवादको उदय भयो।”
उनले बीपीको आर्थिक नीतिका कारण २०४६ सालपछि देशको आर्थिक वृद्धिदर २ प्रतिशतबाट बढेर ६ प्रतिशतभन्दा माथि पुगेको स्मरण गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...




प्रतिकृया लेख्नुहोस्: