काठमाडांै । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ भनिएका दलहरू र कम्युनिष्टहरूको राज्य-नियन्त्रित अर्थव्यवस्था असफल भइसकेको बताएका छन् ।
जननायक बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा बीपी चिन्तन प्रतिष्ठानद्वारा बुधबार आयोजित ‘नेपालमा आर्थिक रूपान्तरणको अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा बोल्दै प्रवक्ता महतले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादी आर्थिक नीति नै देशका लागि उत्तम विकल्प भएको बताए।
“नयाँ र कम्युनिष्टहरूले सक्दैनन्, हामी नै बेस्ट पार्टी हौँ। तर यसलाई सुधार्न आवश्यक छ,” उनले भने, “एकीकृत भएर हामीले आफ्ना कुरालाई सामूहिक ढंगले राख्न सक्यौँ भने सफल हुन्छौँ।”
उनले बीपी कोइरालाले नागरिकलाई अधिकारसम्पन्न र आर्थिक रूपमा सम्पन्न बनाएर मात्रै राष्ट्रियता बलियो हुन्छ भन्ने सोच राखेको बताए।
“कम्युनिष्टले राज्य नियन्त्रित अर्थव्यवस्थालाई अगाडि सार्छन्, यो असफल अर्थव्यवस्था हो,” प्रवक्ता महतले भने, “अमेरिका जस्तो देशले अवलम्बन गरेको पुँजीवादी व्यवस्था पनि पर्याप्त नभएकाले नागरिकलाई समानता हुन सक्दैन। विभिन्न खाले असमानता चिर्न राज्यले लगानी गर्नुपर्छ भनेर लोकतान्त्रिक समाजवादको उदय भयो।”
उनले बीपीको आर्थिक नीतिका कारण २०४६ सालपछि देशको आर्थिक वृद्धिदर २ प्रतिशतबाट बढेर ६ प्रतिशतभन्दा माथि पुगेको स्मरण गराए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १२:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...
चैत्र २० गते, २०८२ - १२:५२
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...
चैत्र २० गते, २०८२ - १२:३१
काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...
चैत्र २० गते, २०८२ - १२:२०
हेटौँडा। हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्या...
चैत्र २० गते, २०८२ - १२:११
काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ...
चैत्र २० गते, २०८२ - १२:०५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...
चैत्र २० गते, २०८२ - ११:५५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् । सभामुख पदका लागि...
चैत्र २० गते, २०८२ - ११:४१
जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...
चैत्र २० गते, २०८२ - ११:१७
नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ । नेपा...
चैत्र २० गते, २०८२ - ११:०६
काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...


प्रतिकृया लेख्नुहोस्: