Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

थाइल्याण्ड र कम्बोडियाबिच झडप : दुई देशबिचको सीमा बन्द

खबरडबली संवाददाता

बैङ्कक। थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षित आक्रमण’ मा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ ।

सामाजिक सञ्जालमा उप-रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ । सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गर्नुभएको हो ।

स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको रिपोर्ट गरेको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ । कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ(१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।

द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् । उबोन रत्चथानी प्रान्तको चोङ एन मा सीमा नजिकै भएको विस्फोटमा पाँच थाई सैनिक घाइते भएको एक दिनपछि आक्रमण भएको जनाइएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई सेनाले ओड्डर मिन्चे प्रान्तको ता मोने थोम र ता क्राबे मन्दिरहरूमा कम्बोडियाली सैन्य स्थानहरूमा आक्रमण गरेको र आफ्नो आक्रमणलाई मोम बेइ क्षेत्रमा विस्तार गरेको बताउनुभएको छ । नोमपेन पोस्टका अनुसार उहाँले ‘कम्बोडिया सधैँ शान्तिपूर्ण रूपमा मुद्दाहरूको समाधान गर्न कटिबद्ध रहेको तर यस अवस्थामा हामीसँग यस सशस्त्र आक्रमणको विरुद्ध बलपूर्वक जवाफ दिनु बाहेक कुनै विकल्प नभएको’ बताउनुभएको छ ।

यसैबिच, कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै थाइल्यान्डले अत्यधिक सङ्ख्यामा सेना तैनाथ गरेको, भारी हतियार प्रयोग गरेको र कम्बोडियाको क्षेत्र जबरजस्ती कब्जा गर्ने प्रयासमा हवाई आक्रमण गरेको आरोप लगाएको छ । बिहीबार देखि लागु हुने गरी बुधबार सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल बुन्सिन पाडक्लाङले सीमा बन्द गरी सुरिनको मन्दिरका भग्नावशेषहरू बन्द गर्न आदेश दिएको बैङ्कक पोस्टले जनाएको छ ।

बुधबार थाई सरकारले कम्बोडियाका राजदूत हुन सारोउनलाई निष्कासन गरी थाई राजदूतलाई फिर्ता बोलाइएको बैङ्क पोस्टले जनाएको छ । सीमाको थाईतर्फका क्षेत्रका गाउँलेहरूलाई यस क्षेत्र खाली गर्न आदेश दिइएको छ । गत महिना कम्बोडियाका पूर्व प्रधानमन्त्री तथा सिनेटका वर्तमान अध्यक्ष हुन सेनले थाई प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रासँगको विवादित सीमासम्बन्धी कुराकानी चुहावट गरेको आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले सिनावात्रालाई प्रधानमन्त्रीबाट निलम्बन गरेको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले सभामुखमा अर्याललाई समर्थन गर्ने, उपसभामुख पदमा भने दाबी गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...

सभामुख पदमा उम्मेदवारी दिने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय, एमाले छलफलमा

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...

हेटौंडामा एसईईका नक्कली परीक्षार्थी पक्राउ

हेटौँडा। हेटौँडाबाट एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवीस्थित सोलिड्यारिटी माध्यमिक विद्या...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनकोे मूल्य स्थिर छ भने चाँदीको मोल बढेको छ । चाँदीको मूल्य तोलामा रु ५० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ...

अर्यालको प्रस्तावक लामिछाने, समर्थकमा ३ मन्त्री

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा पार...

सभामुख पदका लागि अर्यालको उम्मेदवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेको छन् ।  सभामुख पदका लागि...

लालगढमा सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

जनकपुरधाम । धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तिय...

नेपालगन्ज नाकाबाट ५४ अर्बको कारोबार

नेपालगन्ज। पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको गत आठ महिनाको अवधीमा करिब ५४ अर्बको कारोबार भएको छ ।   नेपा...

कलाकार सागर लम्साल ‘बले’माथि बलात्कारको गम्भीर आरोप

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’माथि हाल अमेरिका बस्दै आएकी एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकि छन् । ती युवतीले सामाजिक सञ्जालमार्फत आफ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending