बैङ्कक। थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षित आक्रमण’ मा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ ।
सामाजिक सञ्जालमा उप-रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ । सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गर्नुभएको हो ।
स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको रिपोर्ट गरेको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ । कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ(१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।
द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् । उबोन रत्चथानी प्रान्तको चोङ एन मा सीमा नजिकै भएको विस्फोटमा पाँच थाई सैनिक घाइते भएको एक दिनपछि आक्रमण भएको जनाइएको छ ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई सेनाले ओड्डर मिन्चे प्रान्तको ता मोने थोम र ता क्राबे मन्दिरहरूमा कम्बोडियाली सैन्य स्थानहरूमा आक्रमण गरेको र आफ्नो आक्रमणलाई मोम बेइ क्षेत्रमा विस्तार गरेको बताउनुभएको छ । नोमपेन पोस्टका अनुसार उहाँले ‘कम्बोडिया सधैँ शान्तिपूर्ण रूपमा मुद्दाहरूको समाधान गर्न कटिबद्ध रहेको तर यस अवस्थामा हामीसँग यस सशस्त्र आक्रमणको विरुद्ध बलपूर्वक जवाफ दिनु बाहेक कुनै विकल्प नभएको’ बताउनुभएको छ ।
यसैबिच, कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै थाइल्यान्डले अत्यधिक सङ्ख्यामा सेना तैनाथ गरेको, भारी हतियार प्रयोग गरेको र कम्बोडियाको क्षेत्र जबरजस्ती कब्जा गर्ने प्रयासमा हवाई आक्रमण गरेको आरोप लगाएको छ । बिहीबार देखि लागु हुने गरी बुधबार सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल बुन्सिन पाडक्लाङले सीमा बन्द गरी सुरिनको मन्दिरका भग्नावशेषहरू बन्द गर्न आदेश दिएको बैङ्कक पोस्टले जनाएको छ ।
बुधबार थाई सरकारले कम्बोडियाका राजदूत हुन सारोउनलाई निष्कासन गरी थाई राजदूतलाई फिर्ता बोलाइएको बैङ्क पोस्टले जनाएको छ । सीमाको थाईतर्फका क्षेत्रका गाउँलेहरूलाई यस क्षेत्र खाली गर्न आदेश दिइएको छ । गत महिना कम्बोडियाका पूर्व प्रधानमन्त्री तथा सिनेटका वर्तमान अध्यक्ष हुन सेनले थाई प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रासँगको विवादित सीमासम्बन्धी कुराकानी चुहावट गरेको आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले सिनावात्रालाई प्रधानमन्त्रीबाट निलम्बन गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...
पौष १५ गते, २०८२ - १३:२९
काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...
पौष १५ गते, २०८२ - १३:१९
काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...




प्रतिकृया लेख्नुहोस्: