Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बाजुरा जिप दुर्घटना : घाइते १३ जनालाई सेनाको हेलिकोप्टरमार्फत उद्धार

खबरडबली संवाददाता

बाजुरा । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान क्युडी गाउँबाट कवाडी आउँदै गर्दा जीप दुर्घटनामा परी घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउने क्रममा बा प ०३–००१ ज ०३३८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए । उनले एकैपटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटकपटक गरेर सबैलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको बताए ।

दुर्घटनामा परी ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले बताए । उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको ज्यान गएको थियो । कच्ची सडकमा जिप क्षमताभन्दा बढी यात्रु बोकेर आएको प्रहरीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुवेतमा अलपत्र परेका ३३ नेपाली साउदीमार्फत गन्तव्यतर्फ पठाइए

काठमाडौं । कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ। कुवेतस्थित नेपाली राजदूतावा...

राप्रपा र श्रम संस्कृति पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने

काठमाडौं । प्रतिनिधिसभामा रहेका ६ वटा राष्ट्रिय दलमध्ये दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन्। उक्त सुविधा नपाउने दलहरूमा राष्ट्रिय प्रजातन्त...

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा: पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध ४६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पोखरा क्षेत्रीय अन्तर्र...

नेविसङ्घको ऐतिहासिक योगदान कसैले बिर्सन सक्दैन : महामन्त्री घिमिरे

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ऐतिहासिक योगदानलाई कसैले पनि कम आँक्न नसक्ने बताएको छन् । ...

सभापतिको राजीनामा फिर्ता हुनुपर्नेमा सबै सदस्य एकमत : प्रवक्ता चालिसे

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत र...

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब  ११ खर्बको व्यापार घाटा बेहारेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको...

अपडेट: कपिलवस्तुमा निषेधाज्ञा जारी

कपिलवस्तु। कपिलवस्तुमा निषेधाज्ञा जारी भएको छ ।कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जर्नदन गौतमले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज दिउँसो १ बजेदेख...

हिन्दु–मुस्लिम समुदायबीच विवाद हुँदा कपिलवस्तु अशान्त, प्रदर्शन रोक्न प्रहरीद्धारा लाठीचार्ज

कपिलवस्तु । कपिलवस्तुमा हिजो बिहानदेखि सुरु भएको हिन्दु र मुस्लिम समुदायबीचको विवाद अझै साम्य भएको छैन। महराजगञ्जका केही स्थानमा स्थानीय युवा प्रदर्शन...

कांग्रेसभित्रको विवाद: देउवा–कोइराला समूहले छुट्टै केन्द्रीय बैठक बोलाउने निर्णय

काठमाडौं । आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा। शेखर कोइराला सहितका निवर्तमान कार्यसमिति र कार्यसम्पादन ...

रवि लामिछानेको मुद्दामा संशोधित निर्णयको फाइल मगाउने सर्वोच्चको आदेशमा के छ ?

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसम्बन्धी मुद्दामा संशोधित निर्णयको फाइल मगाउन आदेश दिएको छ। गत बिहीबार न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: