Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमालेले पूर्वराष्ट्रपति भण्डारीमाथि लगाएको प्रतिबन्ध संविधानविपरीत छ : माओवादी

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन बिना आधार बन्देज लगाउनु संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भीर उल्लङ्घन हुने बताएका छन्। 

गुरुङले भने 'पूर्वराष्ट्रपतिमाथि एमालेले प्रवेशमा गरिएको प्रतिबन्ध नेपालको संविधानको मौलिक हकको धारा १७ विपरीत रहेको देखिन्छ, किनभने नेपालको संविधानले पूर्वराष्ट्रपतिलाई गैरनागरिक बनाएको छैन। नेपाली नागरिकहरूको हकमा मौलिक हकसम्बन्धी धारा १७ ले दलीय स्वतन्त्रता प्रदान गरेको छ। कुनै पनि नेपाली नागरिकलाई दल खोल्ने वा कुनै दलमा प्रवेश गर्ने र दलीय गतिविधि गर्न पाउने स्वतन्त्रता प्रदान गरेको छ । एमालेले गरेको निर्णयमा केवल पूर्वराष्ट्रपति भइसकेको भन्ने मात्र देखिन्छ। पूर्वराष्ट्रपतिलाई पनि नेपालको संविधानले नागरिकको रूपमा चिन्छ। संवैधानिक पदमा हुँदा सोहीअनुसार चिन्ने हो। पदमा रहेको वा नरहेको दुई स्थितिबाहेक तेस्रो स्थितिको नागरिकको परिकल्पना संविधानले गरेको छैन,' उनले भनेका छन्।  

बिना आधार बन्देज लगाउनु संविधानको मौलिक हकको स्वतन्त्रताको गम्भीर उल्लङ्घन हुने उनले बताएका छन्। 'निर्वाचन आयोगमा संविधानअनुसार दर्ता भएका दलहरूले संविधानको मौलिक हकविपरीत कुनै पनि विधान वा नियमावली बनाउन र निर्णय गर्न मिल्दैन। मौलिक हकविपरीत भए गरेका निर्णयहरू प्रथम दृष्टिमा नै बदरयोग्य हुने ठहर्दछ,' उनले भनेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध

सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । ...

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको ...

एमाले सचिवालय बैठक सुरु, बादलको अभिव्यक्तिमाथि छलफल हुने

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेको हो। य...

सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।  काठमाडौँबाट काँकडभि...

सर्लाहीमा मोबाइल लगेर चिट चोर्ने तीन परीक्षार्थी पक्राउ

सर्लाही। सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् ।  गोडैता नगर...

मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पाँच पक्राउ

दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...

नेकपाले सभामुखमा अर्याललाई समर्थन गर्ने, उपसभामुख पदमा भने दाबी गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...

सभामुख पदमा उम्मेदवारी दिने एमालेको तयारी

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय, एमाले छलफलमा

काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending