Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

ठेक्का विवादपछि गौशालाको साप्ताहिक बजारको स्थान सारियो

खबरडबली संवाददाता

महोत्तरी। गौशाला नगरपालिकामा वर्षौदेखि लाग्दै आएको स्थानीय साप्ताहिक हटिया बजारको स्थान सारिएको छ ।

गौशाला नगरपालिका– ५ मा लाग्दै आएको गोरु, खसी तथा माछा बजारको नामले चिनिने स्थानीय साप्ताहिक हाट बजार नगरपालिको साउन ७ गते निर्णयको निर्णय अनुसार साबिकमा लाग्दै आएको स्थानमा बजार लाग्न निषेध गरिएको छ ।

अब गौशाला बजार मराहापुलको दक्षिण पूर्व पट्टि रहेको रहेको नगरपालिकाको कृषि उपज केन्द्र मा लागू हुने गरी सारिएको निमित प्रमुख प्रशासकीय अधिकृत मनोज महराले एक सूचना प्रकाशित गरी जानकारी गराको छन् ।

गौशाला नगरपालिका र निगौल गाई गौशालाको जग्गामा लाग्दै आएको बजार ठेक्काको राजस्व सङ्कलन विवाद भएपछि नगरपालिकाले गोरु, खसी र माछा बजार अन्यत्र सारेको नगरप्रमुख डा दिपेन्द्र महतो बताए।

गौशाला नगरपालिका र निगौल गाई गौशाला बीच बजार ठेक्कासम्बन्धी विवादको भएर दुई पटक झडप नै भएपछि बजार अन्यत्र सार्नु परेको नगरप्रमुख डा. दिपेन्द्र महतो बताए।

तत्कालीन अवस्थामा (२०७० सालमा)गौशाला गाविस र निगौल गाई गौशालाबिचको सम्झौता अनुसार बजार ठेक्काबाट उठेको रकमबाट २५ प्रतिशत रकम गाई गौशालालाई दिने शर्तमा बजार ठेक्का लाग्दै आएको थियो । तर गाई गौशालालाई दिनुपर्ने रकम भुक्तानी नगरेको विषयलाई लिएर गौशाला नगरपालिका पक्षधर र गाई गौशाला पक्षधर दुई पटक झडप भएको थियो ।

यस विषयलाई लिएर उच्च अदालत जनकपुरले साउन ७ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै गौशाला नगरपालिकाबाट बजार ठेक्का प्राप्त गरेका श्रवणकुमार महतोलाई नगरपालिका को च।न। १०३ मिति २०८२ असार ३२ गते चलन पुर्जि बमोजिम कार्य गर्न बाधा अवरोध नगर्नु भनि न्यायधीश महेन्द्रनाथ उपाध्यायको इजलासले आदेश जारी समेत गरेको छ ।

विगतका दिनमा भएको विवाद र झडपलाई मध्यनजर गरि साविकमा बजार लाग्ने स्थानमा सुरक्षाकर्मीहरुलाई खटाइएको छ भने  बजार सारिएको स्थानमा नगर प्रहरी खटिएका छन् ।

सोमबार बिहान ठेक्का रकम सङ्कलनको प्रयासका क्रममा नगरपालिका पक्ष र गाई गौशाला पक्षधरबिच विवाद उत्पन्न भई  हात हालाहाल भएको थियो ।

विवादले झडपको रुपलिँदा चार जना घाइते भएका छन् । झडपमा परेर वडा नं. २ का वडा अध्यक्ष श्याम कुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरी बल परिचालन गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

नगर प्रमुख महतोले स्थानीय बजारहरु स्थानीय सरकारको मातहतमा हुनु पर्ने कानुन रहेको हुँदा सोहि अनुसार गरिएको र बाँकी  विषयमा सर्व पक्षिय बैठक गरेर समस्याको समाधान गर्ने बताए ।

यता उच्च अदालतको आदेशानुसार साउन ९ गतेको तारिख तोकी दुबै पक्षलाई रोहवरमा राखि छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending