बर्दिबास। महोत्तरी जिल्लाको बर्दिबासस्थित ऐतिहासिक निगौल गाई गौशाला र बर्दिबास नगरपालिकाबिचको विवाद थप चर्कदै गएको छ । जग्गा भाडा, बजार सञ्चालन अधिकार र कर बक्यौता जस्ता विषयमा सहमति नहुँदा स्थिति प्रतिदिन तनावग्रस्त बन्दै गएको हो ।
विसं. १९८३ सालमा तत्कालीन श्री ३ सरकार र भारतका दरभंगा महाराजको सत्प्रयासमा स्थापना भएको ऐतिहासिक धरोहर निगौल गाई गौशाला चौतर्फी आक्रमणका कारण चरम आर्थिक सङ्कटमा छ । गोठाहरुले पारिश्रमिक पाएका छैनन् भने गाईहरु भोको मर्ने अवस्थामा छन् ।
गाई गौशालाको नाममा रहेको वडा नं ५ स्थित दुई विघा १९ कट्ठा ११ धुर जग्गामा नगरपालिकाले चौपाया तथा माछामासु बजार सञ्चालन गर्दै आए पनि २०७० सालमा भएको सम्झौता बमोजिम बजार ठेक्काको २५ प्रतिशत रकम नबुझाउदा तनाव चर्कदै गएको हो ।
साउन ५ गते बजार ठेक्का उठाउने विषयमा भएको विवाद झडपमा परिणत हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएपछि स्थिति थप जटिल बन्दै गएको छ ।
घटनापछि नगरपालिकाले पत्रकार सम्मेलन गरी गाई गौशालामाथि नै घर कर, मालपोत तथा जग्गा करबापत तिर्नु पर्ने तीन करोड रुपियाँ बक्यौता रहेको दाबी गर्यो ।
लगत्तै गाई गौशालाले सर्वदलीय बैठक राखी बजार ठेक्काबापत ०७१ सालदेखि करिव पाँच करोड रुपियाँ बक्यौता नतिरेर नगरपालिकाले ज्यादती गरेको आरोप लगायो ।
सर्वदलीय छलफलमा सहभागी पूर्व गाविस अध्यक्ष देवनारायण महतोले नगरपालिकाले बजारको ठेक्का लिए पनि गाई गौशालालाई सम्झौताअनुसार रकम बुझाउनु पर्ने धारणा राख्दै विगतमा पनि यस्तो अभ्यास हुँदै आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘‘जग्गाधनीको अधिकार मिचेर गरिएको व्यवहार ‘मत्यस्य न्याय’ हो ।’’
नगर उपप्रमुख रेणुकुमारी महतोले नगरप्रमुखले केन्द्र र जिल्लाको सहभागितामा उच्चस्तरीय सर्वदलीय छलफल गरी सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।
‘‘जबरजस्ती र बल मिच्याईँले होइन, सहमतिको बाटोबाट निकास खोज्नुपर्छ’’ उनले भने। यसअघि भूमि समस्या समाधान आयोग महोत्तरीका अध्यक्ष पिताम्वर महतोले गौशाला बजारको उत्पति, अस्तित्व र उन्नयनमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको निगौल गाई गौशालामाथिको बढ्दो उपेक्षा, हस्तक्षेप र थिचोमिचो दु:खदायी भएको बताए।
उनले भने, ‘‘गाई गौशालाले आफ्नो सम्पत्तिमा हक खोज्दा कुटाइ खानु परेको अवस्था अराजक र गैरजिम्मेवार हर्कत हो । यो अवस्थाले यहाँका गाई र गोठाला कर्मचारी भोको मर्नु पर्ने अवस्था सृजना भएको छ ।’’
सर्वदलीय बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका वरिष्ठ सहायक बुद्धिनारायण श्रेष्ठ, नेपाली कांग्रेसका योगेन्द्र यादव, जनमत पार्टीका विक्रम साह, लोकतान्त्रिक समाजवादी पार्र्टीका उपेन्द्र साह र स्थानीय बुद्धिजीवीहरूले गाई गौशालाको पक्षमा ऐक्यबद्धता जनाउँदै नगरपालिकाले बक्यौता रकम तुरुन्त बुझाउनुपर्ने आवश्यकता औंल्याए। गाई गौशालाका प्रमुख वरिबहादुर चौधरीले ठेक्का रकम बुझाउन आग्रह गर्दा नगरपालिका झडपमा उत्रेको आरोप लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...




प्रतिकृया लेख्नुहोस्: