Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कर्णाली नदिको झुगोलामा निर्माण थालेको तीन वर्षमा पुलको पिलरमात्रै

खबरडबली संवाददाता

बाजुरा। बाजुरा जिल्लाको हिमाली र मुगुको खत्याड गाउँपालिका बीचमा पर्ने कर्णाली नदिको झुगोलामा निर्माण हुन थालेको पक्की पुलको तीन वर्षमा एक पिल्लर मात्र निर्माण भएको छ । २०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ सालको मङ्सिरमा पुलको काम सुरु गरेको निर्माण कम्पनीले २०८२/०८३ साउनको पहिलो हप्तासम्म एक पिल्लर मात्र निर्माण गरेको छ ।

बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

केही वर्ष पहिला झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका जिप, ट्याक्र र ट्रकलगायतका सावारी साधन सुचारु हुने गरेको छ । यद्यपि, झोगलामा पक्की पुल चाँडो निर्माण भए सवारी साधन सञ्चालनका लागि थप सहज हुने स्थानीयवासीको भनाइ छ ।

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाइ गरेपछि पुल निर्माणको काममा ढिलाइ भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौँका ठेकेदार जयराज घलले बताए।

उनले भने, “अरुभन्दा कर्णाली नदिमा पुल निर्माण गर्न निकै गाह्रो छ । यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ । पुसमा बल्ल त्यो पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही समान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म पुगाउँन तीन चार महिना लाग्छ ।”

अहिले एक वर्षको म्याद पुन थप गरेको छ । आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीव्र रुपमा भइरहेको ठेकेदार घलेले बताए।

यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो । कहिले सम्म काम सम्पन्न गर्नु पर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताए।

यता झुगलामा पक्की पुल निर्माण भएसँगै सुदरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरादेखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए।

उनले भने, “अहिले यहाँ बेलिब्रिज छ । त्यसैबाट बाजुरादेखि मुगु सम्म स्थानीय आउजाउ गर्ने गरेका छन्  ।”

पक्की पुल निर्माणको चाँडो भइदिएको भए यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई थप निकै सहज हुने अध्यक्ष मल्लले बताए।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो । त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको पुर्वाधार विकास कार्यालय मुगुले जनाएको छ ।

ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकोले अहिले फेरि म्याद थपेको छ । अहिले एक पील्लरको काम सकेर अर्को बिचको पील्लरको काम सुरु भएको पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी यज्ञराज उपाध्यायले बताए ।

उनले भने, “पुलको निर्माणको डिजाईन गर्दा नै धेरै समय लाग्यो । एक वर्ष त्यसरी नै गयो । एक वर्षपछि बल्ल डिजाइन पूरा भयो । ठेकेदार कम्पनीले त्यसपछि मात्र पुलको काम पनि सुरु गर्‍यो ।’’

अहिले फेरि म्याद थपिदिएको छ । त्यो म्याद अनुसारमा नै काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गरिहरको सूचना अधिकारी उपाध्यायले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: