काठमाडौँ। लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका सूचना अधिकारी एकनारायण शर्माले संघीय निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संघीय संसद सेवा तथा राष्ट्रिय मानव अधिकार सेवा, सुरक्षा निकाय, अन्य संघीय सरकारी सेवा र सङ्गठित संस्थाका पदका लागि लक्षित गर्दै वार्षिक कार्यतालिका सार्वजनिक गरेको जानकारी दिए।
आयोगका अनुसार कार्यतालिका २०८२ साउन १ गतेबाट लागु हुने छ । अदालतमा मुद्दा विचाराधीन रही रोकिएका निकायको हकमा आदेश प्राप्त भएमा प्राथमिकता दिई सञ्चालन गरिने छ ।
अदालतको आदेशरफैसला कार्यान्वयनको क्रममा उल्लिखित कार्यतालिका फेरबलद हुन सक्ने आयोगले जनाएको छ । शर्माका अनुसार पदपूर्ति सम्बन्धी विज्ञापन सम्बन्धित संस्थाबाट हुनेछ ।
लोक सेवा अयोग नियमावली, २०७९ ९संशोधन सहित० नियम २३ क को उपनियम ९१० मा भएको व्यवस्था बमोजिम आयोगबाट पदपूर्तिका लागि सहमति प्राप्त गरी विज्ञापन प्रकाशन गर्ने सङ्गठित संस्थाकोलागि अप्राविधिकतर्फका सहायकस्तर द्दितीय, खरिदार वा सो सरहको पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त आह्वान गरिएको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन मार्फत आवेदन दिनुपर्ने छ । असोजको अन्तिम बुधबार पहिलो पटक अप्राविधिकतर्फ सहसचिव र उपसचिवको विज्ञापन सार्वजनिक गरिने तालिका रहेको उनी बताउछन् ।
संङ्गठित पदका लागि सूचना प्रकाशन साउन देखि सूरु हुन छ । यसैगरी, लिखित परीक्षा असोज कातिकमा हुने छ भने मङ्सिर पुसमा नतिजा प्रकाशन हुने छ ।
यससम्बन्धी विस्तृत विवरण २०८२ साउन ७ गते बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - १५:११
फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...
चैत्र २० गते, २०८२ - १४:५४
सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । ...
चैत्र २० गते, २०८२ - १४:४६
काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको ...
चैत्र २० गते, २०८२ - १४:३४
काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेको हो। य...
चैत्र २० गते, २०८२ - १४:०४
सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट काँकडभि...
चैत्र २० गते, २०८२ - १३:४७
सर्लाही। सर्लाहीको गोडैतामा एसईईको परीक्षा केन्द्रभित्रै मोबाइल फोन लगेर चिट चोरी गर्ने तीन जना परीक्षार्थी शुक्रबार पक्राउ परेका छन् । गोडैता नगर...
चैत्र २० गते, २०८२ - १३:३९
दमक। दमकमा रातिको समयमा मादक पदार्थ र लागु औषध सेवन गरेर होहल्ला गर्ने तथा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ...
चैत्र २० गते, २०८२ - १२:५८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। उसले राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डोलप्र...
चैत्र २० गते, २०८२ - १२:५२
काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ। सभामुख निर्वाचनका लागि आज दिउँ...
चैत्र २० गते, २०८२ - १२:३१
काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेल ले सत्तापक्षसँग संसद्मा ...


प्रतिकृया लेख्नुहोस्: