गुल्मी। यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा वर्षातको समयमा बाढी र पहिरोबाट २२ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ । त्यसअन्र्तगत मुसिकोट नगरपालिकाका बाढीपहिरोबाट जिल्लामा सबैभन्दा धेरै जोखिम अवस्थामा रहेको बताइएको छ ।
मुसिकोटका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोटको समुन्द्रे, कालिरहलगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन् भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मुसिकोटमा २०६४ र २०८१ मा गरेर पहिरोबाट दश जनाले ज्यान गुमाएका थिए । त्यसैगरी मालिकाका नौ स्थान बाढीको र अन्य सबै वडा पहिरोको जोखिममा परेका छन् । तीमध्ये पनि १८ स्थानलाई विशेष क्षेत्रका रुपमा राखिएको छ । मालिकामा छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन्भने नेटा, म्याला, जुकेना र आठमिरेलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।
सत्यवती गाउँपालिकामा मुख्य नौ स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, साहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्रका रुपमा रहेका छन् । ठुलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन् । सत्यवती गाउँपालिकामा २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालीन समयमा ३०० बढी परिवार विस्थापित भएका थिए ।
गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । विभिन्न वडामा करिब १०० घरपरिवार विस्थापित भएका थिए । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी तथा १० स्थान पहिरो र मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।
समय–समयमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भए पनि जिल्लामा स्थानीय सरकार र प्रशासनले जोखिम न्यूनीकरणका लागि ठोस योजना बनाउन तथा कार्यान्वयन गर्न सकिरहेको छैन । त्यसका कारण बाढी र पहिरोको जोखिममा रहेका परिवार बर्सातमा ढुक्कले निदाउने अवस्था नरहेको नागरिक समाजका अध्यक्ष पदम पाण्डेयले बताए। उनले बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना नभएको हुँदा जिल्लामा सयौँ परिवार बाढी र पहिरोमा जोखिम मोलेरै बस्नुपर्ने बाध्यता रहेको बताए। विसं २०७६ मा पहिरोका कारण सत्यवतीको लुम्पेकमा करिब ७०० परिवार पहिरोका कारण विस्थापित बनेर लामोे समय विद्यालयमै आश्रय लिएर बस्नुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बाढी र पहिरोको जोखिम स्थान पहिचान गरेर सुरक्षा टोलीलाई सतर्कतासहित तैनाथी अवस्थामा राखिएकोे बताए । जिल्लामा विपद् व्यवस्थापन समितिले हरेक वर्ष विपद् प्रतिकार्य योजनासमेत बनाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: