गुल्मी। यहाँ करिब २०० बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लामा वर्षातको समयमा बाढी र पहिरोबाट २२ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरेको छ । त्यसअन्र्तगत मुसिकोट नगरपालिकाका बाढीपहिरोबाट जिल्लामा सबैभन्दा धेरै जोखिम अवस्थामा रहेको बताइएको छ ।
मुसिकोटका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा रहेका छन् । मुसिकोटको समुन्द्रे, कालिरहलगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन् भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मुसिकोटमा २०६४ र २०८१ मा गरेर पहिरोबाट दश जनाले ज्यान गुमाएका थिए । त्यसैगरी मालिकाका नौ स्थान बाढीको र अन्य सबै वडा पहिरोको जोखिममा परेका छन् । तीमध्ये पनि १८ स्थानलाई विशेष क्षेत्रका रुपमा राखिएको छ । मालिकामा छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन्भने नेटा, म्याला, जुकेना र आठमिरेलगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।
सत्यवती गाउँपालिकामा मुख्य नौ स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, साहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्रका रुपमा रहेका छन् । ठुलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन् । सत्यवती गाउँपालिकामा २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालीन समयमा ३०० बढी परिवार विस्थापित भएका थिए ।
गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । विभिन्न वडामा करिब १०० घरपरिवार विस्थापित भएका थिए । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी तथा १० स्थान पहिरो र मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।
समय–समयमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भए पनि जिल्लामा स्थानीय सरकार र प्रशासनले जोखिम न्यूनीकरणका लागि ठोस योजना बनाउन तथा कार्यान्वयन गर्न सकिरहेको छैन । त्यसका कारण बाढी र पहिरोको जोखिममा रहेका परिवार बर्सातमा ढुक्कले निदाउने अवस्था नरहेको नागरिक समाजका अध्यक्ष पदम पाण्डेयले बताए। उनले बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना नभएको हुँदा जिल्लामा सयौँ परिवार बाढी र पहिरोमा जोखिम मोलेरै बस्नुपर्ने बाध्यता रहेको बताए। विसं २०७६ मा पहिरोका कारण सत्यवतीको लुम्पेकमा करिब ७०० परिवार पहिरोका कारण विस्थापित बनेर लामोे समय विद्यालयमै आश्रय लिएर बस्नुपरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बाढी र पहिरोको जोखिम स्थान पहिचान गरेर सुरक्षा टोलीलाई सतर्कतासहित तैनाथी अवस्थामा राखिएकोे बताए । जिल्लामा विपद् व्यवस्थापन समितिले हरेक वर्ष विपद् प्रतिकार्य योजनासमेत बनाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...




प्रतिकृया लेख्नुहोस्: