पोखरा। कास्कीमा डेङ्गुका बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ। अबदेखि ‘खोज र नष्ट’ अभियानअन्तर्गत सातामा एकपल्ट सरकारी कार्यालय सरसफाइको अभियानै थालिने भएको छ।
एक तथ्यांक अनुसार कास्कीमा हाल एक सय ८६ जना डेङ्गुका बिरामी छन्। तीमध्ये ९५ प्रतिशत पोखरा महानगरपालिका भित्रैका हुन्। गत वर्ष कास्कीमा नौ हजार ८ सय जना डेङ्गु संक्रमण देखिएकोमा आठ बिरामीको मृत्यु भएको थियो। यस वर्ष देशभर ६० हजारभन्दा बढी संक्रमित हुनसक्ने अनुमानसहित स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन यसअघि नै आग्रह गरेको थियो।
जिल्ला प्रशासन कार्यालयमा कास्कीका सरकारी कार्यालयका प्रमुखको नियमित बैठकमा समेत जिल्लामा डेङ्गु संक्रमण बढेकोले सतर्कता अपनाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
प्रमुख जिल्ला अधिकारीको आह्वानमा प्रत्येक महिनाको ५ गते नियमित बैठक बस्ने सन्दर्भमा सोमबार बसेको बैठकमा प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले जिल्लामा डेङ्गुका बिरामीको बारेमा ब्रिफिङ गरेको हो। नेपालीले कास्कीमा सरकारी तथ्यांक अनुसार हाल एक सय ८६ जना संक्रमित रहेको उल्लेख गर्दै उक्त संख्या अझ बढी हुनसक्ने अनुमान रहेको बताए। उनले साउनदेखि सुरु भएर कात्तिकसम्म डेङ्गुको बढी जोखिम हुने बताए।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको सो बैठकले प्रत्येक साताको शुक्रबार सरकारी कार्यालयमा ‘खोज र नष्ट’ अभियान संचालन गर्ने निर्णय गरेको हो। बैठकमा कास्कीका करिब ६० सरकारी कार्यालयका प्रमुखले भाग लिएका थिए।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकस्तरबाट सचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिए। उनले पालिकामा कार्ययोजना बनाएर खोज र नष्ट गर्ने अभियान चलाउनुपर्ने बताए।
कोरोना संक्रमित महिलाको मृत्यु
पोखरामा कोरोना संक्रमित एकजना वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी ७४ वर्षीया महिला छन्। उको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा आइतबार मृत्यु भएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलालाई २५ गते कोरोना पुष्टि भएकोमा आइतबार निधन भएको हो। गण्डकी प्रदेशमा लामो समयपछि फेरि कोरोना संक्रमण देखिएको छ। हाल प्रदेशभर आठ जना संक्रमित उपचारमा छन्। तीमध्ये कास्की जिल्लाका ५ जना छन् भने बागलुङका २ र स्याङ्जाका १ जना भएको दिर्नेशक खड्काले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...




प्रतिकृया लेख्नुहोस्: