पोखरा। कास्कीमा डेङ्गुका बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ। अबदेखि ‘खोज र नष्ट’ अभियानअन्तर्गत सातामा एकपल्ट सरकारी कार्यालय सरसफाइको अभियानै थालिने भएको छ।
एक तथ्यांक अनुसार कास्कीमा हाल एक सय ८६ जना डेङ्गुका बिरामी छन्। तीमध्ये ९५ प्रतिशत पोखरा महानगरपालिका भित्रैका हुन्। गत वर्ष कास्कीमा नौ हजार ८ सय जना डेङ्गु संक्रमण देखिएकोमा आठ बिरामीको मृत्यु भएको थियो। यस वर्ष देशभर ६० हजारभन्दा बढी संक्रमित हुनसक्ने अनुमानसहित स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन यसअघि नै आग्रह गरेको थियो।
जिल्ला प्रशासन कार्यालयमा कास्कीका सरकारी कार्यालयका प्रमुखको नियमित बैठकमा समेत जिल्लामा डेङ्गु संक्रमण बढेकोले सतर्कता अपनाउनुपर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
प्रमुख जिल्ला अधिकारीको आह्वानमा प्रत्येक महिनाको ५ गते नियमित बैठक बस्ने सन्दर्भमा सोमबार बसेको बैठकमा प्रदेश जनस्वास्थ्य प्रशासक रामबहादुर नेपालीले जिल्लामा डेङ्गुका बिरामीको बारेमा ब्रिफिङ गरेको हो। नेपालीले कास्कीमा सरकारी तथ्यांक अनुसार हाल एक सय ८६ जना संक्रमित रहेको उल्लेख गर्दै उक्त संख्या अझ बढी हुनसक्ने अनुमान रहेको बताए। उनले साउनदेखि सुरु भएर कात्तिकसम्म डेङ्गुको बढी जोखिम हुने बताए।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा भएको सो बैठकले प्रत्येक साताको शुक्रबार सरकारी कार्यालयमा ‘खोज र नष्ट’ अभियान संचालन गर्ने निर्णय गरेको हो। बैठकमा कास्कीका करिब ६० सरकारी कार्यालयका प्रमुखले भाग लिएका थिए।
बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले नागरिकस्तरबाट सचेतना अभियान संचालन गर्नुपर्नेमा जोड दिए। उनले पालिकामा कार्ययोजना बनाएर खोज र नष्ट गर्ने अभियान चलाउनुपर्ने बताए।
कोरोना संक्रमित महिलाको मृत्यु
पोखरामा कोरोना संक्रमित एकजना वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा–८ निवासी ७४ वर्षीया महिला छन्। उको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा आइतबार मृत्यु भएको हो।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काका अनुसार ती महिलालाई २५ गते कोरोना पुष्टि भएकोमा आइतबार निधन भएको हो। गण्डकी प्रदेशमा लामो समयपछि फेरि कोरोना संक्रमण देखिएको छ। हाल प्रदेशभर आठ जना संक्रमित उपचारमा छन्। तीमध्ये कास्की जिल्लाका ५ जना छन् भने बागलुङका २ र स्याङ्जाका १ जना भएको दिर्नेशक खड्काले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: