लेखनाथ। कास्की प्रहरीले आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भएर हाल पोखरा महानगरपालिका–९, नागढुङ्गामा ३७ वर्षीय गोविन्द लामिछानेलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले लामिछानेलाई आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नियन्त्रणमा लिइएको जानकारी दिए। श्रीमतीलाई सुत्केरी व्यथाले च्यापेपछि प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लिएर आएका बेला लामिछानेलाई नियन्त्रणमा लिइएको बस्नेतले बताए।
२०८१ असोज १३ गते साँझ सवा ५ बजे पोखरा महानगरपालिका वडा नम्बर १४, चाउथे स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलामा नवजात शिशुको शव फेला परेको थियो । फलाटिनको कपडाले बेरी झोलामा राखिएको पुरुषको शव पश्चिमाञ्चल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पोष्टमार्टम गरिएको थियो ।
पोष्टमार्टम रिपोर्टअनुसार नवजात शिशुको घाँटी र टाउकोमा लागेको चोटको कारण मृत्यु भएको खुलेको थियो । घटनामा संलग्नको अनुसन्धान गर्दै शिशुका बुवा लामिछानेको संलग्नता देखिएको प्रहरीको दाबी छ । लामिछानेविरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...
पौष १५ गते, २०८२ - १५:३९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...
पौष १५ गते, २०८२ - १५:२४
काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...
पौष १५ गते, २०८२ - १५:०७
भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...
पौष १५ गते, २०८२ - १४:४१
काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...
पौष १५ गते, २०८२ - १३:३८
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...




प्रतिकृया लेख्नुहोस्: