काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दैछ ।
बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
पार्टीको सचिवालय र पोलिटब्यूरो बैठकले पारित गरिएको उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि आज पनि केन्द्रीय सदस्यले छलफल गर्ने उनको भनाइ छ ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले उक्त प्रस्तावमाथि आआफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
हिजो प्रतिवेदनमाथि गण्डकी, मधेस, प्रदेश विशेष, सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा धारणा राख्नका लागि हरेक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । पार्टी सचिवालय र पोलिटव्यूरोबाहेकका सदस्यले मात्र बैठकमा धारणा राख्न पाउनेछन् । कतिपय केन्द्रीय सदस्यले लिखित रूपमा धारणा बुझाएका छन् ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरूसहितको घोषणापत्र जारी गर्दै आजै बैठक सकिने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - २१:४४
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-३, ग्वालटारस्थित प्रतीक्षालयमा एकजना वृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रामेछा...
पौष २८ गते, २०८२ - २१:२६
मधेस सरकारको गति र दिशामाथि बढ्दो प्रश्न
पौष २८ गते, २०८२ - २१:२५
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीबाट उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार यो संख...
पौष २८ गते, २०८२ - २१:१९
ललितपुर । तीन तोलाको सुनको औंठी लुट्ने उद्देश्यले ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या गरिएको खुलेको छ । इलाम घर भई ललितपुर महानगरपालिका–१७ प्रसि...
पौष २८ गते, २०८२ - २१:०६
काठमाडौँ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको विरोध गर्दै भोलि काठमाडौँ उपत्यका बन्दको घोषणा गरिएको छ। निर्वाचन प्रक्रियालाई नै अस्वीक...
पौष २८ गते, २०८२ - २०:४०
काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ गीत ‘कुन हावाले’ सार्वजनिक भएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’ मार्फत गीत सार्वजनिक गर...
पौष २८ गते, २०८२ - २०:३३
‘विशेष महाधिवेशन विवाद बीच सभापति देउवाले पक्षधरसँग वार्ता गर्ने’
पौष २८ गते, २०८२ - २०:३०
काठमाडौं । गायक यम बरालका तीन नयाँ गीत सोमबार राजधानीमा सार्वजनिक भएका छन्। सार्वजनिक गीतहरू हुन्: ‘यो साँझ फेरी’, ‘जुन र सुनको’, र ‘टेण्डर माया’। ...
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’




प्रतिकृया लेख्नुहोस्: