Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमाले केन्द्रीय कमिटी बैठक जारी, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत हुनेछ। बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक र आगामी रणनीतिबारे जानकारी गराएका छन्।

बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने छ। 

बैठकमा विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए।

सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्। बैठक आज र भोलिमा सक्ने भनिए पनि सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा पर्सिसम्म लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। 

पार्टीको साउन १ गते बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटव्यूरो बैठकले एमालेको सचिवालय र पोलिटब्युरो बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाएको । वरिष्ठ उपाध्यक्षसहित केही पद पनि खारेज गरेको छ। हाल एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिव गरी १९ पदाधिकारी रहने व्यवस्था छ। एमालेले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । सचिवालय पनि हटाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलेश्वरस्थित गौतमश्री सहकारीका व्यवस्थापक पक्राउ, साढे ५ अर्बभन्दा बढी ठगी

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेड का व्यवस्थापक पक्राउ परेका छन्। पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय ...

गोरखा सेभिङ सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यक्ष ६१ वर्षीय इमानसिंह राई, प्...

आगामी बजेट लेखनका लागि समिति गठन, को-को छन् ?

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनका लागि अर्थ मन्त्रालयअन्तर्गत समिति गठन गरेका छन्। राजस्व व्यवस्था...

मध्यपूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडा...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने

काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...

शैक्षिक सत्र अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending