Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

व्यवस्थापन संकायमा स्नातकोत्तर अटो चालक द्वारिका

खबरडबली संवाददाता

लमजुङ । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका सुन्दरबजार नगरपालिका–९ का ५७ वर्षीय द्वारिका मिश्र अटो चलाउँछन् । राजनीति र समाजसेवा समेत गर्दै आएका उनले विगत दुई वर्षदेखि अटो चलाउन थालेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुन्दरबजार नगर कमिटी अध्यक्ष मिश्रले दैनिक खर्च कटाएर एक हजारदेखि एक हजार ५०० रुपैयाँसम्म कमाउने गरेको बताए । “मलाई खानका लागि केही दुःख छैन तर पढेलेखेकाले अटो चालक बनेर स्वरोजगार बन्नुपर्छ, चालकहरुले यात्रुको मर्का बुझ्दैन । उहाँहरुलाई बुझाउन, श्रम विभाजन भयो भने घरमा झगडा हुन्छ तसर्थ श्रम गरियो भने त्यसले घरमा मेलमिलाप हुन्छ, आम्दानीको पाटो, समाजसेवा र राजनीतिमा टेवा पुग्ने उद्देश्यले अटो चलाउन थालेको हुँ”, उनले भने।

सुन्दरबजार र बेँसीसहरको रुटमा अटो चलाउने गरेको उनको भनाइ छ । बिहान ५/६ बजेदेखि राति ८/९ बजेसम्म अटो चलाउने र यसको अलवा पार्टीको काममा खटिने गरेको उनले बताए । उनले भने, “दैनिक सो समयमा अटो चलाउने गरे पनि आकस्मिक कसैले कतै पुर्‍याउन अनुरोध गरेमा राति १२र१ बजेपनि पुर्‍याउने गर्छु ।”

उनका एउटी छोरी अष्ट्रेलिया, अर्की छोरी बेलायत, एउटा छोरा पोखरामा शिक्षक र बुहारी बैंकमा कार्यरत छन् । घरमा आफू र श्रीमती मात्र रहेको उनले बताए । त्यसो त सुन्दरबजार क्षेत्रमा समाजसेवा र राजनीतिमा द्वारिकाको छवि राम्रो छ ।

प्रष्ट वक्ता, सहयोगी भावना र लोकप्रियसमेत उनले राजनीतिको सुरुवात विसं २०३७ मा एमाले निकट भातृ सङ्गठन अनेरास्ववियुमा आबद्ध हुँदै सुरु गरेका थिए । विसं २०५२/५३ मा एमाले परित्याग गरे । 

पछि नेपाली कांग्रेसमा आबद्ध हुँदै विसंं २०६५/०६६ तिर नगर सचिव, विसं २०७० मा वडा नागरिक मञ्च संयोजक, विसं २०७२ मा सुन्दरबजार नगर कमिटी सभापति भएका थिए । विसं २०७४ मा कांग्रेसबाट २०७४ को स्थानीय निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने चाहना राखे । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार बने । तर उनी पराजित भए ।

उनलाई कांग्रेसले कारबाही गरेपछि उनी स्वतन्त्र रूपमा सङ्गठन बनाएर सुन्दरबजारमा उद्योग वाणिज्य सङ्घ, खानेपानी जस्ता सङ्घसंस्थाका निर्वाचनमा उनको समूह निर्णायक बन्यो । 

विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि मिश्रले स्वतन्त्र उम्मेदवारी दिए र पराजित भए । विसं २०७९ को स्थानीय निर्वाचनमा मिश्रले पुनःसुन्दरबजारको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिए । तर विजयी हुन सकेनन् ।

त्यसपछि विसं २०७९ साउनमा १५० जनासहित मिश्र एमालेमा प्रवेश गरे । सो पश्चात् नेकपा एमाले लमजुङको जिल्ला कमिटी सदस्य र सुन्दरबजार नगरको सहइन्चार्जको जिम्मेवारी प्राप्त गरे । पछि नगर कमिटीको निर्वाचनबाट अध्यक्ष पदमा निर्वाचित भए । सो यता नगर कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

राजनीतिक र सामाजिक रूपमा उनको छवि एकातिर छँदैछ, अहिले सुन्दरबजारमा अटो चलाउन थालेर उनले कर्मशील हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । बेरोजगार भएर पनि सानो तिनो काम नगर्ने बरू नराम्रै काम गरेर पैसा कमाउन खोज्नेहरूका लागि उनी उदाहरण बनेका छन् ।

विसं २०४१ मा एसएलसी पास गरेका उनले विसं २०५६ मै काठमाडौँको सरस्वती क्याम्पसबाट ‘एमविए’ उत्तीर्ण गरेका उनले १७ वर्ष लमजुङका विभिन्न विद्यालयमा शिक्षण पेसा गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE