Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

गोरखामा ६२ प्रतिशत रोपाइँ

खबरडबली संवाददाता

सुलीकोट। गोरखामा हालसम्म ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष  मनसुन वर्षा कम परेकाले जेठको अन्तिमबाट रोपाइँ सुरु भएता पनि गोरखामा अत्यन्तै कम वर्षा भएकाले पनि शुक्रबारसम्म जम्मा ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

अहिलेसम्म पनि गोरखामा सिचाइँ भएका कुलो नहरहरुको खेतमा रोपाइँ सम्पन्न भएको छ । आकाशे पानी परी मुल फुटेर रोपाइँ हुने खेतहरु भने रोपाइँ गर्ने पक्रियामा रहेको कृषि ज्ञानकेन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिए।

उहाँका अनुसार साउन २ गतेसम्म ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गोरखा जिल्लामा रहेको धान खेती हुने १० हजार एक सय ४० हेक्टर क्षेत्रफलमध्ये ६ हजार एक सय हेक्टर क्षेत्रफलमा अर्थात् ६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गोरखाका मुख्य मुख्य फाँटहरुमा रोपाइँ सम्पन्न भएका छन् भने टारी फाँटहरुमा आकशे पानीको भर पर्दा रोपाइँ ढिला हुन पुगेको कृषि ज्ञान केन्द्र गोरखाले जानकारी दिएको छ । अझै पनि गोरखामा वर्षा कम भएता पनि साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भएकाले पनि गोरखामा लगभग ९५ प्रतिशत रोपाइँ हुनेमा विश्वास रहेको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ ।

गोरखामा १० हजार एक सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता भएकाले पानीको मुल फुट्न ढिलाइ भएकाले पनि गोरखाका फाँटहरुमा छिटो रोपाइँ हुन नसकेको कृषि ज्ञान गोरखाका प्रमुख बस्ताकोटीले बताए।

किसानहरुले गोरखामा साउन महिनाको अन्तिमासम्म रोपाइँ गर्ने भएकाले आगामी दिनमा रोपाइँ प्रतिशत वृद्धि भएसँगै उत्पादनमा समेत वृद्धि हुने आफुहरुले विश्वास लिएको कार्यालय प्रमुख बस्ताकोटीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखाको बारपाकमा ट्रकको ठक्करबाट सडक मजदुरको मृत्यु

सुलीकोट। गोरखाको बारपाक–लाप्राक सडक खण्डमा ट्रकको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ । सोमबार बारपाकबाट लाप्राकतर्फ जाँदै गरेको ना। ५ ख। ९२७१ नम्बरको ट...

नेपालको राजनीति इतिहासकै कठिन मोडमा छ, बाहिर निस्कन गम्भीर समीक्षाको आवश्यकता: नेता भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, लोकतन्त्र, संविधान र राजनीतिक दलहरू इतिहासकै कठिन मोडबाट गुज्रिरहेको बताएको छन्। ...

मधेस प्रदेशमा ६ मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिएका छन्। यससँगै प्रदेश सरकार मुख्यमन्त्र...

रवि लामिछाने पोखरा आइपुगे

कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने अदालतमा तारिख बुझ्न पोखरा आइपुगेका छन्। अदालतका सूचना अधिकारी रामबहादुर किसान भ...

पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढ्यो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...

निर्वाचन आयोगको स्पष्टिकरण : उम्मेदवारलाई 'ब्ल्याक लिष्ट'मा राखेको चर्चा गलत

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...

विमानस्थल सुधारका लागि दुई महिनाभित्र स्पष्ट कदम चाल्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...

कहिले हुन्छ मुगुको नाग्म गमगढी सडक कालोपत्रे ?

मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending