Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

सप्तरीमा करेन्ट लागेर तीन जनाको मृत्यु

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकामा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाउँपालिका– ४ टेङग्री बस्ने ७० बर्षीया उर्मिला देवी यादवको खेतमा विद्युतीय मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो ।

घरभन्दा एक किलोमिटर उत्तर पट्टी आफ्नै खेतमा विद्युतीय मोटरबाट अचानक करेन्ट लागि घाइते भएकी यादवलाई  उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

यस्तै, सोही गाउँपालिका–४ स्थित बनौलीमा शनिबार एक युवक झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय १९ वर्षीय अरबिन्द साह झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।

युवक रुखमा झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रारम्भिक अनुसन्धानपछि मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

त्यस्तै, सप्तरीको राजविराज नगरपालिका– ८ हिमालय टोलमा शनिबार एक महिलाको मृत्यु भएको छ । स्थानिय कृष्ण पोखरेलको घरमा डेरा गरी बस्ने सर्लाहीको चन्द्रगर गाउँपालिका–१ किसानपुर घर भएका २९ वर्षीया रितु पौडेल आफ्नै कोठाको सिलिङ पङ्खामा खादाको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढ्यो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उनले मेलमिलाप दिव...

निर्वाचन आयोगको स्पष्टिकरण : उम्मेदवारलाई 'ब्ल्याक लिष्ट'मा राखेको चर्चा गलत

विराटनगर । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस र एमालेका केही पदाधिकारी चुनाव लड्न नपाउने भनी सामाजिक स...

विमानस्थल सुधारका लागि दुई महिनाभित्र स्पष्ट कदम चाल्न मन्त्री सिन्हाको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद नभएको बताएका छन्। मन्त्री...

कहिले हुन्छ मुगुको नाग्म गमगढी सडक कालोपत्रे ?

मुगु। नाग्म गमगढीको दुरवस्थाबारे सङ्घ तथा प्रदेश सभाका सदस्यहरूले आवाज उठाउँदै आएका छन् । तर उनीहरूको आवाज सरकारले सुन्दैन । मुगुबाट विघटित तत्कालीन स...

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

कांग्रेसको समानुपातिक सूचीमा गम्भीर त्रुटि, पूर्वराष्ट्रपति यादवका छोराको नाम दुई ठाउँमा

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...

सुर्खेतमा जंगलभित्र युवायुवती मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...

सिन्धुलीमा २२ वर्षीय युवकको गोली लागेको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending