सुलीकोट। गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।
दुई वर्षमा सम्पन्न हुने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले दुई पटक म्याद थपेपछि मात्रा बेलिब्रिज तयार भएर सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार बेलिब्रिज पुल निर्माणका लागि एलाईट कन्ट्रक्सन कम्पनी प्रालिसँग २०७८ साल असार १३ गते सम्झौता भई २०८० साल असार १२ गते सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कार्यमा ढिलाई हुँदा पूर्वाधार कार्यालय गोरखाको पटक पटक ताकेतपछि दुई पटक म्याद थप गरिएको थियो ।
बेलिब्रिज पुलको लम्बाई ७८ मिटर र चौडाई ८।४ मिटर भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीमा पुल निर्माण भएपछि बाह्रै महिना सडक मार्ग भएर गोरखा सदरमुकामबाट कम ढुबानीमा सामान ओसार पोसार गर्न पाइने सिरानचोक गाउँपालिकाका स्थानीय व्यापारी धन बहादुर तमाङले बताए।
बेलिब्रिजसँगै पुलको वारीपारी १००र१०० मिटर एप्रोच रोड समेत निर्माण भएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच कुल १५ करोड ६० लाख ८० हजार भ्याटसहितको लागतमा सम्पन्न भएको हो ।
बेलिब्रिज निर्माणसँगै गोरखा सदरमुकामबाट सिरानचोक गाउँपालिका र अजिरककोट गाउँपालिका पुग्ने सबै भन्दा छोटो सडक बाटो हुने भएको गोरखा नगरपालिका– ३ का वडा अध्यक्ष चुल बहादुर कुबँरले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: