Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

दरौदी नदीमा बेलिब्रिज निर्माण

खबरडबली संवाददाता

सुलीकोट। गोरखाको सिरानचोक गाउँपालिका – ६ नयाँसाघु बजार र गोरखा नगरपालिका – ३ नारेश्वरको दरौदी खोलामाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ ।

दुई वर्षमा सम्पन्न हुने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले दुई पटक म्याद थपेपछि मात्रा बेलिब्रिज तयार भएर सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका साईड ईन्जिनियर मोहन श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार बेलिब्रिज पुल निर्माणका लागि एलाईट कन्ट्रक्सन कम्पनी प्रालिसँग २०७८ साल असार १३ गते सम्झौता भई २०८० साल असार १२ गते सम्पन्न हुनुपर्ने थियो । तर निर्माण कार्यमा ढिलाई हुँदा पूर्वाधार कार्यालय गोरखाको पटक पटक ताकेतपछि दुई पटक म्याद थप गरिएको थियो ।

बेलिब्रिज पुलको लम्बाई ७८ मिटर र चौडाई ८।४ मिटर भएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीमा पुल निर्माण भएपछि बाह्रै महिना सडक मार्ग भएर गोरखा सदरमुकामबाट कम ढुबानीमा सामान ओसार पोसार गर्न पाइने सिरानचोक गाउँपालिकाका स्थानीय व्यापारी धन बहादुर तमाङले बताए।

बेलिब्रिजसँगै पुलको वारीपारी १००र१०० मिटर एप्रोच रोड समेत निर्माण भएको छ । पूर्वाधार कार्यालय गोरखा र निर्माण कम्पनीबिच कुल १५ करोड ६० लाख ८० हजार भ्याटसहितको लागतमा सम्पन्न भएको हो ।

बेलिब्रिज निर्माणसँगै गोरखा सदरमुकामबाट सिरानचोक गाउँपालिका र अजिरककोट गाउँपालिका पुग्ने सबै भन्दा छोटो सडक बाटो हुने भएको गोरखा नगरपालिका– ३ का वडा अध्यक्ष चुल बहादुर कुबँरले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

क्रोसियामा दुर्घटनामा परेका विकको शव ल्याउन ढिलाइ

सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...

इनिसा विकको न्याय माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...

रास्वपा हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तयार भए दुईतिहाइ सिटका लागि हामी सहयोग गर्छाै: कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...

कम्बोडियामा अलपत्र परेका १६ नेपाली उद्धार गरी स्वदेश फर्काइयो

काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: