नवलपुर। नेपालमा धामी, झाँक्री, तन्त्रमन्त्रलाई, जादु टुनामुनालाई कानुनले चिन्दैन । कानुनको दायरा भित्र रहेर यस्ता गतिविधि गर्न कसैलाई छुट पनि छैन । तर नवलपुरमा भने बिरामीहरुलाई उपचार गर्नका लागि भन्दै खुलमखुल्ला १० दिने तान्त्रिक झाक्री शिविर सञ्चालन हुने भएको छ ।
नवलपुरको कावासोती–३ मा १० दिनसम्म तान्त्रिक शिविर सञ्चालन गरेर बिरामीको उपचार गरिने नेपाल लोकतान्त्रिक झाँक्री सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश भुजेलले बताउनुभयो । कार्यक्रम गर्नका लागि झाँक्री सङ्घलाई जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कावासोती नगरपालिका वडा नं। २ र ३ ले अनुमति दिएको भुजेलको दाबी छ ।
तर जिल्ला प्रशासन कार्यालयले भने विधिवत् रुपमा दर्ता भएको संस्था भएकाले कार्यक्रम गर्न र शान्ति सुरक्षा प्रदान गर्न अनुमति दिए पनि प्रशासनले पछि अनुमति फिर्ता लिएको छ ।
‘‘सुरूमा दर्ता भएको संस्था भएकाले अनुमति दिइएको थियो तर पछि खुलमखुल्ला यस्ता गतिविधि गर्न दिनुहुन्न भनेर अनुमति फिर्ता लिइएको छ,’’ प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले भन्नुभयो, ‘‘उहाँहरुले आफ्नै तरिकाले कार्यक्रम गरेमा शान्ति सुरक्षा त दिनैपर्यो ।’’
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक यादव ढकालले पनि कार्यक्रमका लागि अनुमति दिनु र शान्ति सुरक्षा प्रदान गर्नु फरक विषय भएको बताए ।
देशका विभिन्न ठाउँमा लामो समयदेखि तन्त्रमन्त्र विधाबाट उपचार गरिरहेको भन्दै संघका अध्यक्ष भुजेलले नवलपुरमा १० दिने शिविर सञ्चालन गर्नका लागि प्रशासनबाट अनुमति लिएकोले कानुनले नरोक्ने दाबी ? गरेको छन् । उनले स्थानीयकै आग्रहमा देशका विभिन्न ठाउँमा यस्ता कार्यक्रमहरु गरिरहेको उनको दाबी छ ।
शिविर सञ्चनलका क्रममा बहुलाउने, छटपटाउने, मानसिक अवस्था ठिक नभएको, खाएको, बोलेको, हिडेको बिर्सने, हातगोडा झमझमाउने, पेट पोल्ने, टाउको दुख्ने, नसाको समस्या भएकोलगायत सबै प्रकारका रोगको उपचार गर्ने भुजेलको दाबी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...




प्रतिकृया लेख्नुहोस्: