Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

लालबन्दी ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई जना घाइते

खबरडबली संवाददाता

सर्लाही। सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर खलाँसीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज बिहान अन्दाजी ६स्४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना।६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको थियो।

करेन्ट लागेर ट्रकमा काम गरिरहेका खलाँसी रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको उपचारको क्रममा  मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखाना लाई बताएका छन्।
करेन्ट लागेर अन्य तीनजना कामदारहरु घाईते भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरुलाई तत्कालै उपचारको लागि नमुना अस्पताल, हरिवन पठाएको थियो। घटनामा ट्रकका सहचालक खलाँसी पासवानको उपचारको क्रममा बिहान ७स्१० बजे मृत्यु भएको नमुना अस्पतालले जनाएको छ।

त्यस्तै, सोही ट्रकमा काम गर्दै आएका २५ वर्षीय कुन्दन पासवान र  ४० वर्षीय जागेश्वर पासवान दुवै हात र खुट्टामा करेन्ट लागेको अवस्थामा उपचाररत छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रहरीका अनुसार उक्त ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ भने ट्रक चालक वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमद पनि हाल उपचारमा संलग्न छन्। उक्त स्थान इलाका प्रहरी कार्यालय नवलपुरबाट करिब ५०० मिटर पश्चिममा पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

कांग्रेसको समानुपातिक सूचीमा गम्भीर त्रुटि, पूर्वराष्ट्रपति यादवका छोराको नाम दुई ठाउँमा

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...

सुर्खेतमा जंगलभित्र युवायुवती मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...

सिन्धुलीमा २२ वर्षीय युवकको गोली लागेको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...

कप्तान रोहितका बुवा र आमा गृहनगरमा सम्मानित

पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending