सर्लाही। सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र बिधुतिय करेन्ट लागेर खलाँसीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान अन्दाजी ६स्४५ बजे रौतहटबाट धानको भुस लिन आएको ना।६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार भोल्टको विद्युत् लाइनमा करेन्ट लागेको थियो।
करेन्ट लागेर ट्रकमा काम गरिरहेका खलाँसी रौतहट बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईले न्युज कारखाना लाई बताएका छन्।
करेन्ट लागेर अन्य तीनजना कामदारहरु घाईते भएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट सई भरत साहको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएर घाइतेहरुलाई तत्कालै उपचारको लागि नमुना अस्पताल, हरिवन पठाएको थियो। घटनामा ट्रकका सहचालक खलाँसी पासवानको उपचारको क्रममा बिहान ७स्१० बजे मृत्यु भएको नमुना अस्पतालले जनाएको छ।
त्यस्तै, सोही ट्रकमा काम गर्दै आएका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान दुवै हात र खुट्टामा करेन्ट लागेको अवस्थामा उपचाररत छन्। उनीहरुको अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रहरीका अनुसार उक्त ट्रक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ भने ट्रक चालक वीरगञ्ज महानगरपालिका–३० निवासी ३९ वर्षीय शेख लाल महमद पनि हाल उपचारमा संलग्न छन्। उक्त स्थान इलाका प्रहरी कार्यालय नवलपुरबाट करिब ५०० मिटर पश्चिममा पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १८:०४
ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...
जेष्ठ २१ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...
जेष्ठ २१ गते, २०८३ - १७:२३
काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...
जेष्ठ २१ गते, २०८३ - १६:५५
नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...
जेष्ठ २१ गते, २०८३ - १६:४१
ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...
जेष्ठ २१ गते, २०८३ - १६:३४
काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...
जेष्ठ २१ गते, २०८३ - १६:०५
काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...
जेष्ठ २१ गते, २०८३ - १५:४३
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...
जेष्ठ २१ गते, २०८३ - १५:३१
पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...
जेष्ठ २१ गते, २०८३ - १५:१६
ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...



प्रतिकृया लेख्नुहोस्: