महोत्तरी। मटिहानी नगरपालिका–२ धिरापुर बस्ने रामकृपाल ठाकुर मटिहानी बजारबाट दुई दर्जन मिनरल वाटर घर लिएर आए। घरमा कुनै पूजापाठ वा आफन्त आएको नभई घरमा खानेपानीको समस्या समाधान गर्न अहिले उनी मिनरल वाटर प्रयोग गर्न् ।
घरमा दुई दुईवटा चापाकल र बिजुली मोटर लागेको छ तर केही समयदेखि त्यहाँ पानी नआएकाले किनेर खानुपर्ने बाध्यता रहेको ठाकुरले बताए।
घरमा पालिएको पशुहरुका लागि छिमेकीको घरमा पानी ल्याउँछु भने आफुहरु अहिले मिनरल वाटर किनेर खाइरहेको बताउनुहुँदै ठाकुरले भने, ‘‘अब चार सय फिटमुनि चापाकल गाडनुपर्ने अवस्था छ, सरसामान किनिसकेको छु, मिस्त्रीको बाटो कुरिरहेको छु ।’’
उनी मात्रै होइन, जलेश्वर नगरपालिका– ४ सुगा बस्ने किरण देवीले पनि घरको चापाकलबाट थोरै पानी आइरहेको बताउदै पानीको समस्या दिन प्रतिनिदिन गहिरिँदै गएको बताए । पानीको सतह घट्दै गएका कारणले यसक्षेत्रमा पानीको समस्या बढ्दै गएको हो ।
जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरसहितको क्षेत्रमा समेत पानीको समस्या देखिएको छ । पानीको समस्या समाधानका लागि स्थानीय सरकारलाई समेत आफुहरु हारगुहार गरिरहेको स्थानीय युवा इन्दल दासले बताए।
चुरेको दोहन तथा प्रशस्त पानी नपरेका कारण यसक्षेत्रमा दिनानुदिन पानीको समस्या बढ्दै गएको हो । जलेश्वरका वयोवृद्ध कृष्णचन्द्र झाले स्थानीय सरकारले कुनै दीर्घकालीन योजना बिना भविष्यको आँकलन नै नगरी जथाभावी गाउँ टोलमा सिमेन्ट ढालेर सडक बनाएका कारणले पानीको समस्या देखिएको अनुमान गरे। उनले विगतमा पक्की सडक नहुँदा माटो हिलोका कारणले यतिको गर्मी पनि महसुस नहुनुका साथै पानीको समस्या समेत नदेखिएको सम्झिए।
मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पानीको समस्या विकराल बन्दै गएको बताउदै यसका लागि सरोकारबाला निकायहरुले एक रुपताका साथ दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
नगरवासीहरु पानीको समस्याबारे दैनिक भन्न आउँछ, मेरै घरमा पनि पानीको समस्या छ, तर आफूले चाहेर पनि दीर्घकालीन समाधान दिन नसकिरहेको बताउनुहदै नगरप्रमुख मण्डलले भने ‘‘तत्कालका लागि बढी समस्या देखिएको नगरक्षेत्रमा पानी वितरणको पहल गरिरहेको छु ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - ११:१७
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...
पौष १६ गते, २०८२ - १०:५७
कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...
पौष १६ गते, २०८२ - १०:४३
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...
पौष १६ गते, २०८२ - १०:३४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...
पौष १६ गते, २०८२ - १०:२४
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...
पौष १६ गते, २०८२ - १०:०७
काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...
पौष १६ गते, २०८२ - ०९:५९
पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...
पौष १५ गते, २०८२ - १७:००
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...
पौष १५ गते, २०८२ - १६:४९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...
पौष १५ गते, २०८२ - १६:०३
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...




प्रतिकृया लेख्नुहोस्: