Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

गठबन्धनको जग हल्लाउने भूमि विधेयक, कांग्रेस र एमालेबीच अविश्वास कायमै

उपेन्द्र यादव भन्छन्- कोर्स करेक्सन नभएसम्म साथ दिन सक्दैनौं

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको २५ असारको बैठकका लागि तय कार्यसूचीको ३ नम्बरमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी विधेयकमाथि सदनमा दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख थियो । त्यो दिन विधेयकउपर परेका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिसकेर विधेयक पारित गर्ने कार्यसूची अघिल्लो दिन साँझ नै तय गरिएको थियो । तर यसबारे न सत्ता घटक कांग्रेससँग परामर्श गरिएको थियो न विपक्षी दललाई जानकारी थियो । 

कांग्रेस नेताहरूका अनुसार सत्ता घटक दलसँगै परामर्श नगरी भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कार्यसूचीमा राखिएपछि आशंका उत्पन्न भयो । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले २५ असारको बिहान ४ बजे नै सामाजिक सञ्जालमार्फत आपत्ति जनाए ।

चेतावनी शैलीमा शर्माले लेखेका थिए, ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक स्वयंमा संशोधन गरेर सहमति जुटाउन जरुरी छ । पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्ने गरी संसद्मा प्रस्तुत हुन लागेकामा खुला विमति छ । लटरपटर नगरौं, पूर्वसहमति खोजौं कि समितिमा पठाऔं । अन्यथा आज (असार २५) लाई कार्यसूचीबाट हटाइयोस् ।’

थाइल्यान्ड भ्रमणमा रहेका अर्का महामन्त्री गगन थापाले पनि भूमि विधेयकमा संशोधन आवश्यक रहेको उल्लेख गर्दै समझदारीबिना कार्यसूचीमा राख्न नहुने सन्देश दिएका थिए । त्यसपछि कांग्रेसका अरू नेता पनि सक्रिय भए । प्रमुख प्रतिपक्ष माओवादीका साथै जसपा नेपालले सार्वजनिक रूपमै विरोध गरे । बाध्य भएर सरकारले कार्यसूचीबाट विधेयक हटायो । त्यसयता एक साता बित्दा पनि विधेयक संशोधन र पारित गर्ने प्रक्रियालाई लिएर सत्तारूढ कांग्रेस र एमालेबीच अविश्वास कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फास्ट ट्र्याक’ बाट विधेयक पारित गराउन चाहिरहेका छन् । भूमि व्यवस्थामन्त्री अधिकारी भूमि आयोगको कामलाई सहज बनाउन विधेयकलाई छिटो पारित गराउनुपर्ने बाध्यता रहेको बताउँछन् ।

भूमि, वन र राष्ट्रिय निकुञ्जसम्बन्धी ऐनका केही अस्पष्ट प्रावधान संशोधन नगर्दा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण गर्न समस्या भइरहेको उनको तर्क छ । कांग्रेस नेताहरू मन्त्री अधिकारीको तर्क मान्न तयार छैनन् । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडू भूमिसम्बन्धी ऐनको आठौं संशोधनले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण गर्न नरोकेको बताउँछन् ।

भूमि समस्या समाधान आयोगले विभिन्न ठाउँमा भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गरिरहेको छ । आयोगले बुधबार नै झापाको अर्जुनधारा नगरपालिकामा लालपुर्जा बाँडेको थियो । त्यहाँका भूमिहीन दलित र सुकुम्बासीले सभामुख देवराज घिमिरेको हातबाट पुर्जा लिएका थिए । त्यसअघि विभिन्न जिल्लामा आयोगले पुर्जा वितरण गर्दै आइरहेको छ ।

सरकारले ऐनमा अहिले गर्न खोजेको संशोधन भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा दिनेभन्दा पनि अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने र विभिन्न कम्पनी खडा गरेर हदबन्दीभन्दा बढीको जग्गा ओगटेकालाई बिक्री गर्न छुट दिने मुख्य स्वार्थ जोडिएको कांग्रेस नेताहरूको आशंका छ । सत्तारूढ र विपक्षी दलहरूको आशंका मेट्न विधेयकलाई प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलका लागि पठाउनुपर्ने माग उनीहरूले गरिरहेका छन् ।

झापाको गिरीबन्धु टी इस्टेटको रिटमा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशलाई पनि मनन गर्नुपर्नेमा कांग्रेस नेताहरूको जोड छ । सर्वोच्चले २४ माघ २०८० मा जारी गरेको निर्देशनात्मक आदेशमा ‘संघ र प्रदेशको साझा अधिकारको विषयमा कुनै नीति वा कानुन निर्माण गर्दा समन्वय कायम गर्नू’ भनिएको छ ।

सर्वोच्चले गिरीबन्धु टी इस्टेटको मुद्दामा ‘हदबन्दी छुट प्रदान गर्दाको अवस्थामा उल्लेख गरिएको बमोजिम (सर्तबमोजिमको) प्रयोजनमा जग्गाको प्रयोग वा उपयोग नगरी फरक (अन्य) प्रयोजनमा उपयोग गरिएको वा जग्गा खाली (बाँझो) राखिएको अवस्थाका जग्गाको पहिचान गरी तत्काल र अनिवार्य रूपमा सो हदभन्दा बढी देखिएको जग्गा भूमिसम्बन्धी ऐन २०२१ को बमोजिम नेपाल सरकारका नाममा प्राप्त गर्नू/गराउनू’ भनी परमादेश पनि जारी गरेको थियो ।

कांग्रेसका एक नेताका अनुसार विधेयक समितिमा पठाउन प्रधानमन्त्री ओली तयार नभएपछि कार्यदल बनाएर परिमार्जन गर्ने बीचको बाटो अपनाउन खोजिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति कांग्रेस र जसपा नेपालका नेताहरूसँग प्रधानमन्त्री ओलीले कार्यदल बनाउन सकिने

विकल्प सुझाएका थिए । त्यसमा कांग्रेस नेताहरू लचिलो देखिएको थियो । जसपा नेपालले भने विज्ञहरूसहितको छलफलमा समझदारी जुटाउन आवश्यक रहेको भन्दै विधेयकलाई समितिमै पठाउनुपर्ने अडान लिएको थियो ।

कांग्रेस र एमालेसँग प्रतिनिधिसभामा सहज बहुमत रहे पनि राष्ट्रिय सभामा जसपा नेपालले साथ नदिँदा सत्तापक्षको बहुमत पुग्दैन । भविष्यमा अध्यादेश ल्याएर पारित गर्नुपर्नेसमेत भएकाले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई साथमा राखेर सोमबार राति जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुन र भूमि विधेयकमा साथ दिन आग्रह गरेका थिए । 

विगतमा गरिएको व्यवहारका कारण सरकारमा आउने वातावरण नभएको भन्दै यादवले ‘कोर्स करेक्सन’ हुनुपर्ने सर्त अघि सारेका थिए । बैठकमा जसपा नेपालका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादव पनि सहभागी थिए ।

सरकारमा सहभागिताका विषयमा संवाद चलिरहेकै बेला बुधबार जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय लिएको छ ।

‘समर्थन फिर्ता लिने निर्णय पुनर्विचार गरेर सरकारमा सहभागी हुन र भूमि विधेयकमा साथ दिन प्रस्ताव आएको थियो,’ जसपा नेपालका अध्यक्ष यादवले भने, ‘तर, हामीले सरकारमा आउने कुनै रुचि छैन र भूमि विधेयक यथास्थितिमा पारित गर्न सकिँदैन, कोर्स करेक्सन नगरेसम्म विपक्षमै बस्छौं भनेका छौं ।’ वन फँडानी गरेर भूमाफियालाई पोस्नका लागि भूमि विधेयक ल्याइएकाले यथास्थितिमा साथ दिन नसक्ने उनको भनाइ छ ।

सरकारले सार्वजनिक सेवालाई छिटोछरितो बनाउने, सुशासन कायम गर्ने र लगानी भित्र्याउन वातावरण बनाउने भन्दै गत २९ पुसमा भूमिसहित पाँच अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकामा सिफारिस गरेको थियो । राष्ट्रपतिबाट अरू अध्यादेश त्यही दिन जारी गरिएको थियो भने भूमिसम्बन्धी अध्यादेश दुई दिन ‘होल्ड’ गरेर २ माघमा मात्रै जारी भएको थियो ।

अध्यादेशले सार्वजनिक जमिन र जंगलको अतिक्रमण बढाउन सक्ने भन्ने चासो राष्ट्रपतिले व्यक्त गरेकामा प्रधानमन्त्री ओलीबाट प्रतिबद्धता आएपछि अध्यादेश जारी गरिएको थियो । तर जसपा नेपालले साथ नदिँदै अध्यादेश संसद्बाट स्वीकृत गर्ने प्रक्रिया नै अघि बढाइएन र निष्क्रिय हुन पुग्यो । सरकारले त्यही अध्यादेशमा रहेका प्रावधान राखेर विधेयक ल्याएको हो ।

५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेसको १६, एमालेको १० र लोसपाको १ सहित २७ सिट सत्तापक्षसँग छ । तीन सिट रहेको जसपा नेपालले समर्थन गर्दा बहुमत पुग्छ । अध्यादेश संघीय संसद्का दुवै सदनबाट स्वीकृत हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

नियमित विधेयक भने राष्ट्रिय सभाले अस्वीकृत गरे पनि प्रतिनिधिसभाले दोहोर्‍याएर पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकामा पठाउन सकिने व्यवस्था छ । तर भूमि विधेयकका लागि भन्दा पनि भविष्यमा अध्यादेशलाई सहज बनाउन पनि प्रधानमन्त्री ओलीले जसपा नेपाललाई सरकारमै सहभागी गराउन खोजेका छन् । तर त्यो बाटो तत्कालका लागि अन्त्य भए पनि संवाद जारी रहेको सरकारका एक मन्त्रीेले बताए ।

जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस र एमालेसँग सहकार्यभन्दा पनि भूमि विधेयक मुख्य स्वार्थ रहेको बताए । ‘सत्तारूढ पार्टीको अहिलेको मुख्य सरोकार भनेको भूमि विधेयकमा साथ दिनुहोस् भन्ने हो । अहिले ल्याइएको विधेयक र पहिलाको अध्यादेशमा कुनै अन्तर छैन । विधेयकले वन विनाश गर्ने कार्यलाई प्रश्रय दिएको छ । यसलाई रोक्नुपर्छ,’ उनले भने, ‘रुख काट्ने र वन मास्ने काम कुनै हालतमा गर्नु हुँदैन । वन क्षेत्रको जग्गा बेचेर भूमाफियालाई दिने, बसोबास गराउने वा होटल खोल्ने गतिविधि बन्द हुनुपर्छ भन्ने सरोकार हामीले राखेका छौं ।’

जसपा नेपालका अध्यक्ष यादवले वनका जग्गा निर्माण व्यवसायी र रियल स्टेटलाई दिने प्रावधान विधेयकमा रहेको र त्यसले नेपाललाई मरुभूमीकरणतर्फ लैजाने बताए । सरकारले छलफलका लागि संसदीय समितिमा नलगेर छोटो प्रक्रियाबाट विधेयक पारित गर्न खोजेकाले झनै आशंका बढेको उनको भनाइ छ ।

बालुवाटार स्रोतका अनुसार कांग्रेसको दबाबपछि प्रधानमन्त्री ओली विधेयक परिमार्जनका लागि कार्यदल बनाउन तयार भएका छन् । कार्यदलमा कांग्रेस र एमालेबाट दुई–दुई, जसपा नेपाल र माओवादीबाट एक/एक जना राख्ने समझदारी बनेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending