Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

घरभित्रै भेटिन थाल्यो सर्पको गुँड, रूपन्देहीमा एउटै घरबाट २३ वटा ‘बेबी कोब्रा’को उद्धार

खबरडबली संवाददाता

सिद्धार्थनगर। रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर्लभ मानिएको छ।

असार २२ गते डिलराम अर्याललाई आफ्नै भान्सा कोठामा सर्पले टोकेपछि सर्पको गुँड फेला पारेको हो। सर्प उद्धारकर्ताको टोलीले अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको हो।

अर्याललाई सर्पले टोकेपछि खबर पाएर सर्प उद्धारकर्ता विशाल पाण्डेको टोली उनको घर पुगेको थियो। पाण्डेले सुरूमा ढोकामा एउटा कोब्रा देखेर उद्धार गरिएको हो।

अर्यालको घरभित्र खोजी गर्दा भान्सा कोठाको र्‍याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटियो। त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गर्यो।

उद्धारकर्ता विशाल पाण्डेले भने, ‘पहिलो दिन पाँच वटा सर्पको उद्धार गरियो। पछि शङ्का लागेर र्‍याक फोरेर मुनि हेर्दा अरू थप सर्प भेटिए।’

यो चुनौतीपूर्ण उद्धारमा उनका बुवा खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे तथा टोलीका अन्य सदस्य सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि खटिएका थिए। 

पाण्डेका अनुसार, बच्चा सर्पलाई उद्धार गर्ने क्रममा घरको भुइँ भाँसिएकाले माउँ कोब्रा भने उम्किएको र अहिलेसम्म फेला परेको छैन। उनले भने, ‘माउँ सर्प ढोकाबाट छिरेर चरभित्र पस्यो। अनि त्यहीँ फुल पारेर बच्चा कोरल्यो। अनि त्यहीँ बच्चा हुर्किएर बाहिर निस्किएपछि बल्ल थाहा भयो। माउँ सर्प निकाल्न नसके पनि त्यो अब मर्‍यो होला।’

किचनको तल फुटेको ठाउँमा हेर्दा अन्य धेरै सर्प सल्बलाइरहेको देखिएपछि दोस्रो दिन तोडफोड गरेर बिहानदेखि बेलुकासम्म थप १२ वटा सर्प निकालेको डिलारामले बताए। तेस्रो दिन थप ६ वटागरी २३ वटा सर्पको उद्धार गरिएको हो।

उद्धार गरिएका सबै सर्पलाई जङ्गलमा लगेर छाडिएको विशालका बुवा खिमलाल पाण्डेले बताए। ‘किचन फोहोर पनि रहेछ,’ वन वाटिकाका अध्यक्ष समेत रहेका खिमलाल भन्न्छन्,–‘त्यसमाथि फुटेको ठाउँमा सर्पले सुरक्षित स्थान ठानेर बसिरह्यो। त्यही फुल पारेर बच्चा निकाल्यो।’ तराइमा बढ्दो सहरी विकाससँगै सर्पको बासस्थान मासिँदै गएपछि र खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन्।

१३ वर्षअघि पनि विशालका बुवा खिमलालले सोही घरबाट ११ वटा कोब्राका बच्चा उद्धार गरेको स्मरण गर्नुभयो। सर्पबाट बच्नका लागि घरवरिपरि झाडी सफा राख्न, दाउरा वा परालको थुप्रो व्यवस्थित गर्न र फोहोरमैला जम्मा हुन नदिन पाण्डेले सुझाव दिन्छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए

गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending