सिद्धार्थनगर। रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा ‘बेबी कोब्रा’ को उद्धार गरिएको छ। एउटै घरमा यति ठुलो सङ्ख्यामा कोब्रा भेटिनु दुर्लभ मानिएको छ।
असार २२ गते डिलराम अर्याललाई आफ्नै भान्सा कोठामा सर्पले टोकेपछि सर्पको गुँड फेला पारेको हो। सर्प उद्धारकर्ताको टोलीले अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको हो।
अर्याललाई सर्पले टोकेपछि खबर पाएर सर्प उद्धारकर्ता विशाल पाण्डेको टोली उनको घर पुगेको थियो। पाण्डेले सुरूमा ढोकामा एउटा कोब्रा देखेर उद्धार गरिएको हो।
अर्यालको घरभित्र खोजी गर्दा भान्सा कोठाको र्याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटियो। त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गर्यो।
उद्धारकर्ता विशाल पाण्डेले भने, ‘पहिलो दिन पाँच वटा सर्पको उद्धार गरियो। पछि शङ्का लागेर र्याक फोरेर मुनि हेर्दा अरू थप सर्प भेटिए।’
यो चुनौतीपूर्ण उद्धारमा उनका बुवा खिमलाल पाण्डे, भाइ विश्वास पाण्डे तथा टोलीका अन्य सदस्य सागर पाण्डे, नवीन पौडेल र युवराज तिवारी पनि खटिएका थिए।
पाण्डेका अनुसार, बच्चा सर्पलाई उद्धार गर्ने क्रममा घरको भुइँ भाँसिएकाले माउँ कोब्रा भने उम्किएको र अहिलेसम्म फेला परेको छैन। उनले भने, ‘माउँ सर्प ढोकाबाट छिरेर चरभित्र पस्यो। अनि त्यहीँ फुल पारेर बच्चा कोरल्यो। अनि त्यहीँ बच्चा हुर्किएर बाहिर निस्किएपछि बल्ल थाहा भयो। माउँ सर्प निकाल्न नसके पनि त्यो अब मर्यो होला।’
किचनको तल फुटेको ठाउँमा हेर्दा अन्य धेरै सर्प सल्बलाइरहेको देखिएपछि दोस्रो दिन तोडफोड गरेर बिहानदेखि बेलुकासम्म थप १२ वटा सर्प निकालेको डिलारामले बताए। तेस्रो दिन थप ६ वटागरी २३ वटा सर्पको उद्धार गरिएको हो।
उद्धार गरिएका सबै सर्पलाई जङ्गलमा लगेर छाडिएको विशालका बुवा खिमलाल पाण्डेले बताए। ‘किचन फोहोर पनि रहेछ,’ वन वाटिकाका अध्यक्ष समेत रहेका खिमलाल भन्न्छन्,–‘त्यसमाथि फुटेको ठाउँमा सर्पले सुरक्षित स्थान ठानेर बसिरह्यो। त्यही फुल पारेर बच्चा निकाल्यो।’ तराइमा बढ्दो सहरी विकाससँगै सर्पको बासस्थान मासिँदै गएपछि र खानाको खोजीमा सर्प घरभित्र पस्न थालेका छन्।
१३ वर्षअघि पनि विशालका बुवा खिमलालले सोही घरबाट ११ वटा कोब्राका बच्चा उद्धार गरेको स्मरण गर्नुभयो। सर्पबाट बच्नका लागि घरवरिपरि झाडी सफा राख्न, दाउरा वा परालको थुप्रो व्यवस्थित गर्न र फोहोरमैला जम्मा हुन नदिन पाण्डेले सुझाव दिन्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: