जनकपुरधाम। नेपाल–भारत खुला सीमाबाट हुने अपराधजन्य गतिविधि फेरि एक पटक सुरक्षाका दृष्टिकोणले गम्भीर चिन्ताको विषय बनेको छ । हालै मात्र धनुषा प्रहरीले सीमापारिबाट नेपालमा प्रवेश गरी लुटपाट गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेका छन् । असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजयकुमार गोइतमाथि पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा मुखियालाई नियन्त्रणमा लिइएको हो ।
धनुषा प्रहरीको अनुसन्धानबाट गोइत बैङ्कमा नगद जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटो छेकेर पेस्तोल देखाई नगद २ लाख १६ हजार र १२ लाख १० हजारको चेक तथा आइफोन १६ लुटेको खुलेको छ ।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मुखिया ‘पेशेवर लुटेरा’ हुन् । भारतमा समेत उनीमाथि करिब ९–१० वटा आपराधिक मुद्दा दर्ता छन् । “भारतमा अपराध गरेर नेपाल लुक्ने, नेपालमा अपराध गरेर फेरि भारत भाग्ने जस्ता गतिविधि दोहोरिने क्रम बढ्दो छ, जुन दुवै देशका सुरक्षाका लागि चुनौती बनेको छ,” उनले भने ।
स्थानीय बासिन्दाहरूको भनाइमा खुला सीमाका कारण लुटपाट तथा गैर कानुनी गतिविधि नियन्त्रणमा चुनौती बढिरहेको छ । “हामी सुरक्षाको अनुभूति गर्न सकिरहेका छैनौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १२:१५
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा जारी अवरोधका कारण बजेटमाथिको छलफल प्रभावित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसद् अवरुद...
जेष्ठ २७ गते, २०८३ - ११:५९
दार्चुला। दार्चुलामा पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा एक प्रहरी जवानको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौक...
जेष्ठ २७ गते, २०८३ - ११:२९
काठमाडौं । नेकपा एमालेले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा संसदीय छानबिन गर्न माग गरेको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले अर्थ मन्त्रा...
जेष्ठ २७ गते, २०८३ - ११:०१
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पा...
जेष्ठ २७ गते, २०८३ - १०:४६
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित रहेको बताएको छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक ल...
जेष्ठ २७ गते, २०८३ - १०:२७
जनकपुरधाम। जनकपुरमा ३३ बिघा छ कट्ठामा फैलिएको जनकपुर चुरोट कारखाना छ तर त्यहाँ चुरोट उत्पादन हुँदैन, मधेश प्रदेशको नीति निर्माण, विकास निर्माण खाका उत...
जेष्ठ २६ गते, २०८३ - १७:४७
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...
जेष्ठ २६ गते, २०८३ - १७:३५
काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...
जेष्ठ २६ गते, २०८३ - १७:१४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...
जेष्ठ २६ गते, २०८३ - १७:०३
तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् । डुम...



प्रतिकृया लेख्नुहोस्: