जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको आठवटै जिल्लामा देखिएको खानेपानीको सङ्कट समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएको छन् ।
मधेश प्रदेशको विरगञ्जसहितको क्षेत्रमा देखिएको खानेपानीको सङ्कट समाधानका लागि गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले प्रदेशका पालिकाहरुलाई वितरण गर्न राखिएको आठ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा बुधबार पठाउँदै उनले यस्तो बताएको हो । उनले गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकबाट निर्णय भएअनुसार तत्काल प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र खानेपानी सङ्कटवाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्नका लागि आज विहानै पर्साको वीरगञ्ज पठाइएको बताए।
मुख्यमन्त्री सिंहले आज बिहान वारुणयन्त्र हरुलाई प्रभावित क्षेत्र तर्फ पठाउनुहुँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा क्रियाशील रहन सेनाका अधिकारीहरुलाई निर्देशन दिए।
एउटा वारुणयन्त्रमा ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति हुने गरी एक कार्यक्रमबिच पानी भरिएको वारुणयन्त्रहरुलाई मुख्यमन्त्रीले बिदाइ गरे। खानेपानी समस्या रहेको स्थानमा यी वारुणयन्त्रहरु २४सै घण्टा परिचालित रहने मुख्यमन्त्री सिंहले बताए। प्रभावित क्षेत्रमा पठाइएको वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले सञ्चालन गर्ने गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमल बरालले जानकारी दिए।
यसअघि मधेश प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न पर्साको वीरगञ्जसहितको क्षेत्रमा परिचालित गरिसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए।
यसैगरी खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनावाट समेत ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले जानकारी दिए। मुख्यमन्त्रीको यस प्रकारको सक्रियताले सुक्खा र खानेपानी सङ्कटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकको साथमा रहेको कुरा प्रष्ट रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले बताए।
मधेश प्रदेशमा देखिएको खानेपानीको विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले सङ्घीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसँगको सवन्मयमा साधनस्रोतको अधिकतम प्रयोग गरि नागरिकको समस्या समाधान गर्नेतर्फ प्रयत्नशील रहेको उनले बताए। वीरगञ्ज पठाइएका आठ वटा वारुणयन्त्रले प्रभावित वडाहरुको घर घरमा खानेपानी वितरण गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: