Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

मधेशमा खानेपानीको सङ्कट: वारुणयन्त्रमार्फत पानी बाँड्दै मुख्यमन्त्री सिंह

खबरडबली संवाददाता

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको आठवटै जिल्लामा देखिएको खानेपानीको सङ्कट समाधानमा प्रदेश सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताएको छन् ।

मधेश प्रदेशको विरगञ्जसहितको क्षेत्रमा देखिएको खानेपानीको सङ्कट समाधानका लागि गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशले प्रदेशका पालिकाहरुलाई वितरण गर्न राखिएको आठ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा बुधबार पठाउँदै उनले यस्तो बताएको हो । उनले गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकबाट निर्णय भएअनुसार तत्काल प्रदेश सरकारसँग रहेको ८ वटा वारुणयन्त्र खानेपानी सङ्कटवाट अति प्रभावित क्षेत्रमा खानेपानी आपूर्ति गर्नका लागि आज विहानै पर्साको वीरगञ्ज पठाइएको बताए। 

मुख्यमन्त्री सिंहले आज बिहान वारुणयन्त्र हरुलाई प्रभावित क्षेत्र तर्फ पठाउनुहुँदै खानेपानी समस्या समाधानमा पूर्ण रूपमा क्रियाशील रहन सेनाका अधिकारीहरुलाई निर्देशन दिए। 

एउटा वारुणयन्त्रमा ५ हजार लिटर गरी ८ वटा वारुणयन्त्रवाट एकपटकमा ४० हजार लिटर खानेपानी आपूर्ति हुने गरी एक कार्यक्रमबिच पानी भरिएको वारुणयन्त्रहरुलाई मुख्यमन्त्रीले बिदाइ गरे। खानेपानी समस्या रहेको स्थानमा यी वारुणयन्त्रहरु २४सै घण्टा परिचालित रहने मुख्यमन्त्री सिंहले बताए। प्रभावित क्षेत्रमा पठाइएको वारुणयन्त्र प्रदेश सरकारको व्यवस्थापन र नेपाली सेनाले सञ्चालन गर्ने गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशका सचिव विमल बरालले जानकारी दिए। 

यसअघि मधेश प्रदेश सरकारले वन कार्यालयको तीन वटा ट्याङ्कर खानेपानी आपूर्ति गर्न पर्साको वीरगञ्जसहितको क्षेत्रमा परिचालित गरिसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए। 

यसैगरी खानेपानी समस्या रहेको क्षेत्रमा नेपाली सेनावाट समेत ७ वटा ट्याङ्कर र एउटा वारुणयन्त्र पठाउने तयारी गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले जानकारी दिए। मुख्यमन्त्रीको यस प्रकारको सक्रियताले सुक्खा र खानेपानी सङ्कटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकको साथमा रहेको कुरा प्रष्ट रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाले बताए। 

मधेश प्रदेशमा देखिएको खानेपानीको विद्यमान समस्या समाधानका लागि प्रदेश सरकारले सङ्घीय सरकार, स्थानीय सरकारहरु र मानवीय सहायतामा क्रियाशील दातृ निकायहरुसँगको सवन्मयमा साधनस्रोतको अधिकतम प्रयोग गरि नागरिकको समस्या समाधान गर्नेतर्फ प्रयत्नशील रहेको उनले बताए। वीरगञ्ज पठाइएका आठ वटा वारुणयन्त्रले प्रभावित वडाहरुको घर घरमा खानेपानी वितरण गर्ने बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending