काठेखोला। मानवीय लापरवाहीका कारण भूक्षयका घटना बढिरहेको सरोकारवालाहरुले बताएका छन् । विकास निर्माण र वातावरण संरक्षणबिच समन्वय कायम गर्न स्थानीय तहसँग भू तथा जलाधर व्यवस्थापन कार्यालय पर्वतले मङ्गलबार आयोजना गरेको समन्वय गोष्ठीमा बोल्ने वक्ताहरुले पछिल्लो समय प्राकृतिक प्रकोपका घटना बने, ‘‘सानो लापरवाहीको कारण भूक्षयका घटना बढिरहेका छन् ।’’
सरोकारवालाहरुले मानवीय कारणले वातावरणीय प्रभाव बढिरहेको बताउँदै वायुप्रदूषणका घटना कम गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्रबहादुर थापाले मानवीय लापरवाहीका कारण भूक्षय र प्राकृतिक प्रकोपका घटना बढिरहेको बताए । उनले मनाङ र मुस्ताङ जस्ता उच्च हिमाली क्षेत्रहरुमा पनि वातावरणीय प्रभावका कारण विनाशकारी घटनाहरु बढेको उल्लेख गर्दै साना कामको समेत दीर्घकालीन असर पर्ने भएकाले सचेत रहन सवैमा आग्रह गरे।
सडक छेउछाउ र पहिरो गएको ठाउँमा वृक्षारोपरण गर्नुपर्ने सांसद थापाको भनाइ छ । ‘‘सडक छेउमा नाली सफा नगर्दा र ढलको उचित व्यवस्थापन नगर्दा बस्तीमा क्षति पुर्याउने खतरा रहेको छ,’’ उनले भने, ‘‘अम्रेसो तथा अन्य वनस्पतिको वृक्षारोपणमार्फत सडक संरक्षण गर्न सकिन्छ ।’’ सांसद थापाले उच्च भूभाग तथा वनको धुरीमा रिचार्जिङ पोखरी निर्माण गरी पानीको दीर्घकालीन संरक्षण गर्न सकिने सुझाव समेत दिए ।
सांसद थापाले अव्यवस्थित सडक निर्माणको कारण बागलुङमाा पछिल्लोसमय बाढी पहिरोका घटना बढिरहेको बताए । उनले केही साता पहिले जैमिनी नगरपालिकामा बाढीको कारण ठुलो क्षेत्रफलमा रहेको खेत बगरमा परिणत भएको बताउँदै बाढी आउनुमा सडक निर्माण कारणतत्व रहेको बताए।
जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले भू तथा जलाधरको व्यवस्थापन नगरे भयावह अवस्था आउन सक्ने चेतावनी दिए । विकास निर्माणको नाममा सडक निर्माणमा सक्रियता देखाइए पनि वातावरण संरक्षणमा कमजोरी रहेको भन्दै सबै स्थानीय तह र सम्बन्धित निकायहरू सचेत हुनुपर्नेमा उनले जोड दिए ।
नगरप्रमुख पुनले नर्सरी, पोखरी, चौपारी तथा पानी संरक्षणका कार्यहरूमा स्थानीय तह र भू तथा जलाधर कार्यालयबीच साझेदारी गर्न आवश्यक रहेको बताए। उनले सरकारी कार्यालय र स्थानीय तहहरुले साझेदारी गरेर स्थानीयलाई जागरुक गराउँदै भूक्षयका घटना कम गर्न पहल गरिनुपर्नेमा जोड दिए।
भू तथा जलाधर व्यवस्थापन कार्यालयका प्रमुख शम्भु कुमार मिश्रले वातावरणीय दृष्टिले सन्तुलित विकास आवश्यक रहेको बताए । उनले पोखरी निर्माण गर्दा ढलान नगरी स्थानीय सामग्री प्रयोग गर्नुपर्ने, कंक्रिटको सट्टा ढुङ्गा प्रयोग गरेर पानी रिचार्जिङ्गको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए।
पहिरो गएको स्थानमा तारजाली नभई वृक्षारोपण गर्नु र सडक पाखोमा बायो इन्जिनियरिङ्ग प्रविधिको प्रयोग गर्नुपर्ने उनले बताए। कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा बागलुङ जिल्लामा ४६ वटा योजना सञ्चालन गरेकोमा ४३ योजना सम्पन्न भइसकेको जानकारी गराइएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ मा बागलुङ जिल्लामा प्रदेश सरकारबाट ३२ र संघ सरकारबाट चार वटा योजना रहेको प्रमुख मिश्रले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: