मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई लक्षित गरी सुविधा थप गरिएको छ । एकै दैनिक सयौं तिर्थालु आउने मन्दिरमा सहज पूजाआजाका लागि प्रवेशद्वारदेखि मन्दिर परिसरको स्तरोन्नति गरिएको छ ।
मन्दिरको पूरानो स्वरुपलाई असर नगर्ने गरी सामाजिक कार्यालयको सहयोगमा मन्दिर परिसरमा ढुङ्गा बिछ्याइएको छ । मन्दिरमा १०८ धारा र कुण्डमा स्नान गर्ने क्रममा चिप्लिएर लड्न थालेपछि मुक्तिनाथ व्यवस्थापन समितिको पहलमा मन्दिर परिसर, १०८ धारा र कुण्डमा तीन हजार १४० स्क्वायर फिट ढुङ्गा बिछ्याइएपछि अहिले मन्दिर परिसर सफा र चिटिक्क देखिएको छ ।
मुक्तिनाथ व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले तिर्थालुको गुनासोलाई मध्यनजर गरी मन्दिरको प्रवेशद्वारदेखि मन्दिरसम्म आवश्यक सुविधा थप गर्न थालिएको बताए। प्रजिअ भुषालले भन्नुभयो, ‘‘तिर्थालुलाई मन्दिरमा कुनै अभाव महसुस हुन नदिने गरी संरचनाहरू थपिँदैछ, अहिले धेरै सहज छ ।’’
प्रजिअ भुषालले मन्दिरमा तिर्थालुको गुनासो र आवश्यकता समेत सङ्कलन गरी सामान्य आर्थिक खर्च हुने अवस्थामा तत्कालै व्यवस्थापन गर्ने गरिएको छ । समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिरमा चिसो पानीमा स्नान गरेपछि तातोापनीको आवश्यकता महसुस गरेपछि दानपेटिकामा चढाएको भेटीबाट दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था समेत गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका कर्मचारी रविन सुबेदीले दिएको जानकारी अनुसार १०८ धारामा स्नान गर्ने क्रममा विगतमा दुर्घटनामा घाइते भएपछि स्नानस्थल सुरक्षित बनाउन राख्न रेलिङ निर्माण गरिएको छ । मन्दिर परिसरमा कपडा फेर्ने स्थmल, शौचालयको समेत क्षमता विस्तारसहित विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको छ । मन्दिर व्यवस्थापन समितिले तिर्थालुलाई लेक लागेमा तत्कालै उपचार, मन्दिर आसपासका क्षेत्रमा कुनै समस्या भएमा उद्धारका लागि समते प्रहरी तथा स्वयमंसेवक परिचालन गर्ने गरिएको छ ।
एकैपटक ५० हजार तिर्थालुलाई सेवा दिन सकिने गरी संरचनाको डिजाइन गर्न भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति समेत मागेको छ । मन्दिर परिसरमा निर्मित पूराना संरचनाले तिर्थयात्रुलाई असहज भएको अवस्थामा शौचालय, कपडा परिवर्तन गर्ने, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, कम्पाण्ड वाल निर्माण, वर्षात र हिमपाको समयमा बस्ने तथा मर्मतका लागि डिजाइन गरी पुरातत्व विभागमा पठाइएको छ । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाखको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १७ गते, २०८३ - २०:१३
ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...
आषाढ़ १७ गते, २०८३ - १७:५५
काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...
आषाढ़ १७ गते, २०८३ - १७:४४
काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...
आषाढ़ १७ गते, २०८३ - १७:३९
फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...
आषाढ़ १७ गते, २०८३ - १७:१८
काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...
आषाढ़ १७ गते, २०८३ - १७:०१
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...
आषाढ़ १७ गते, २०८३ - १६:५३
काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...
आषाढ़ १७ गते, २०८३ - १६:४५
काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...
आषाढ़ १७ गते, २०८३ - १६:०७
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...
आषाढ़ १७ गते, २०८३ - १५:४९
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...



प्रतिकृया लेख्नुहोस्: