Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा

खबरडबली संवाददाता

मुस्ताङ। हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई लक्षित गरी सुविधा थप गरिएको छ । एकै दैनिक सयौं तिर्थालु आउने मन्दिरमा सहज पूजाआजाका लागि प्रवेशद्वारदेखि मन्दिर परिसरको स्तरोन्नति गरिएको छ ।

मन्दिरको पूरानो स्वरुपलाई असर नगर्ने गरी सामाजिक कार्यालयको सहयोगमा मन्दिर परिसरमा ढुङ्गा बिछ्याइएको छ । मन्दिरमा १०८ धारा र कुण्डमा स्नान गर्ने क्रममा चिप्लिएर लड्न थालेपछि मुक्तिनाथ व्यवस्थापन समितिको पहलमा मन्दिर परिसर, १०८ धारा र कुण्डमा तीन हजार १४० स्क्वायर फिट  ढुङ्गा बिछ्याइएपछि अहिले मन्दिर परिसर सफा र चिटिक्क देखिएको छ ।

मुक्तिनाथ व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले तिर्थालुको गुनासोलाई मध्यनजर गरी मन्दिरको प्रवेशद्वारदेखि मन्दिरसम्म आवश्यक सुविधा थप गर्न थालिएको बताए। प्रजिअ भुषालले भन्नुभयो, ‘‘तिर्थालुलाई मन्दिरमा कुनै अभाव महसुस हुन नदिने गरी संरचनाहरू थपिँदैछ, अहिले धेरै सहज छ ।’’

प्रजिअ भुषालले मन्दिरमा तिर्थालुको गुनासो र आवश्यकता समेत सङ्कलन गरी सामान्य आर्थिक खर्च हुने अवस्थामा तत्कालै व्यवस्थापन गर्ने गरिएको छ । समुन्द्री सतहदेखि ३८ सय मिटर उचाइमा अवस्थित मन्दिरमा चिसो पानीमा स्नान गरेपछि तातोापनीको आवश्यकता महसुस गरेपछि दानपेटिकामा चढाएको भेटीबाट दुई सय लिटर क्षमताको शुद्ध तातोपानी पिउन मिल्ने इलेक्ट्रिकल डिस्पेन्सको व्यवस्था समेत गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिका कर्मचारी रविन सुबेदीले दिएको जानकारी अनुसार १०८ धारामा स्नान गर्ने क्रममा विगतमा दुर्घटनामा घाइते भएपछि स्नानस्थल सुरक्षित बनाउन राख्न रेलिङ निर्माण गरिएको छ । मन्दिर परिसरमा कपडा फेर्ने स्थmल, शौचालयको समेत क्षमता विस्तारसहित विभिन्न योजनाहरू कार्यान्वयनको चरणमा रहेको छ । मन्दिर व्यवस्थापन समितिले तिर्थालुलाई लेक लागेमा तत्कालै उपचार, मन्दिर आसपासका क्षेत्रमा कुनै समस्या भएमा उद्धारका लागि समते प्रहरी तथा स्वयमंसेवक परिचालन गर्ने गरिएको छ ।

एकैपटक ५० हजार तिर्थालुलाई सेवा दिन सकिने गरी संरचनाको डिजाइन गर्न भौतिक संरचना थप गर्न मुक्तिनाथ विकास समितिले पुरातत्व विभागसँग अनुमति समेत मागेको छ । मन्दिर परिसरमा निर्मित पूराना संरचनाले तिर्थयात्रुलाई असहज भएको अवस्थामा शौचालय, कपडा परिवर्तन गर्ने, मन्दिरमा प्रवेश र बाहिरिने बाटो विस्तार, कम्पाण्ड वाल निर्माण, वर्षात र हिमपाको समयमा बस्ने तथा मर्मतका लागि डिजाइन गरी पुरातत्व विभागमा पठाइएको छ । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाखको आगमन रहेको छ । मन्दिरमा नेपालीपछि सबैभन्दा धेरै भारतीय तिर्थालु पुग्ने तथ्याङ्कले देखाउँछ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, चार अर्ब कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...

भृकुटीमण्डपमा एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...

बाँकेको नौबस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।  नौबस्स्ता...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...

कांग्रेसले किन बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक ?

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending