Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

मन्त्रीको ७८ लाख घुस ‘डिल’को अडियोले दबाबमा प्रधानमन्त्री, कांग्रेस भन्छ- थाहा छैन

खबरडबली संवाददाता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि सत्ताको नेतृत्वको गरेको उनको पार्टी एमालेमाथि नै नैतिक प्रश्न जन्मिएको छ । 

एमालेकै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि मुछिएको यो प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एक्सन लिनुपर्ने आवाज उठेको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मन्त्री गुप्ताको घुस ‘डिल’ प्रकरणलाई गम्भीर रूपमा लिएको र प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्ने बताए । ‘यो घटनालाई एमालेले गम्भीर रूपमा लिएको छ । कतिपय विषयमा छलफलभन्दा पनि एक्सनमा जानुपर्ने हुन्छ । यो प्रधानमन्त्रीको विषय हो,’ उनले भने । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने घुस ‘डिल’बारे आफू जानकार नभएकाले बुझेपछि मात्रै बोल्न सक्ने बताए । 

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोलेका छन् । यस विषयमा शनिबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।

सत्तासाझेदार कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले कुनै पनि मन्त्रीको विषयमा विवाद आउँदा सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय भएको बताए । ‘कुनै मन्त्रीको विषयमा विवाद भए सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय हो,’ उनले भने, ‘घुस डिलबारे मलाई थाहा छैन । अडियो नै सार्वजनिक भएको र अख्तियारमा उजुरी परेको भए अख्तियारले त्यसको अनुसन्धान गर्ला ।’ 

कांग्रेस नेता प्रकाश रसाइलीले घुसकाण्ड डिल गरेको अडियो सार्वजनिक भइसकेकाले त्यस्ता मन्त्रिमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए । 

शनिबार काठमाडौंमा भएका एक कार्यक्रममा उनले भने, ‘सरकारका मन्त्रीहरूको घुस डिल बाहिरिएपछि सरकारमाथि चुनौती थपिएको छ । सरकारले छानबिन गर्नुपर्छ । सरकारका मन्त्रीहरूले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending