वीरगञ्ज । वीरगञ्ज महानगरभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी तथा सडकमा हिँड्ने बटुवाहरूलाई समस्या हुँदै आएको छ । महानगरभित्र करिब आधा दर्जन स्थानमा मात्रै सार्वजनिक शौचालय छन् । भएका सीमित शौचालयको पनि शुल्क अधिकतम हुँदा सर्वसाधारणलाई समस्या हुँदै आएको हो । अधिकांशले सार्वजनिक शौचालयभन्दा पनि खुला स्थानमा शौच गर्दै आएका छन् ।
वीरगञ्जको घण्टा घरचोकसँगै सार्वजनिक शौचालय छ । पैसा नभएको बाहाना गरेर अधिकांश पुरुषहरू भने खुला रूपमा जथाभावी शौच गर्ने प्रवृत्ति देखिएको छ । घण्टाघरको सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको रु १५ र नुहाउनेका लागि रु ४० तोकिए पनि सर्वसाधारण पैसाको अभाव देखाउँदै प्रयोग गर्दैनन् ।
वीरगञ्जको बीपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सरसमान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आइरहेका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले बताए । मिनाबजारमा अवस्थित नेपाल टेलिकमको महसुल काउन्टरको पर्खालमा पनि खुला शौच गर्नेको घुइँचो देखिन्छ । अहिलेसम्म पनि महानगर प्रहरीले सडक छेउछाउमा शौच गर्नेलाई सचेतना जगाउने तथा बानी सुधार्ने प्रयास गरेको छैन ।
प्रतिष्ठानका अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पर्याप्त मात्रामा सार्वजनिक तथा घुम्ती शौचालय नहुँदा सडक छेउछाउमा खुला रूपमा पिसाब फेर्ने प्रवृत्ति अझैसम्म नरोकिएको गुनासो गरे । ‘यहाँ जहाँपयो त्यही थुक्ने र पिसाब फेर्ने बानी अधिकांशमा छ’, उनले भने, ‘यस्ता गतिविधिले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै आइरहेको छ ।’ अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पटकपटक सुलभ र घुम्ती शौचालय व्यवस्थापनको लागि माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे ।
प्रतिष्ठानले वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएर आएपछि पनि वि।सं २०७९ जेठ १५ वीरगञ्जका सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालय आवश्यकता भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।
‘महानगरमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा खुलमखुला शौच गरिरहेको दृश्य देख्नुपर्दा लाजैमर्दो हुन्छ’, उनले भने, ‘यहाँ सुलभ शौचालय, घुम्ती शौचालय ९पिसाब फेर्नका लागि० तुरुन्त व्यवस्थापन तथा त्यसको दैनिक यथोचित सरसफाई गर्न आवश्यक भइसकेको छ ।’
ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले विगत केही वर्षअघि वीरगञ्जलाई खुला दिशामुक्त महानगर घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको गुनासो गरे । ‘पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा पनि खुला ठाउँमा शौच गरिरहेको दृश्य देखिन्छ’, उनले भने, ‘सार्वजनिक शौचालय बनाएर सो प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।’
महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरमा करिब आधा दर्जन बढी स्थानमा सार्वजनिक शौचालय रहेको जानकारी दिए । उनका अनुसार घण्टाघर, पुरानो बसपार्क, नयाँ बसपार्क, लक्ष्मणवाचोकलगायत स्थानमा शौचालय छन् । ‘यहाँको पावरहाउस चोकमा सार्वजनिक शौचालय निर्माण भइरहेको छ’, उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: