Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

वीरगञ्ज महानगरमा सार्वजनिक शौचालय नहुँदा समस्या

खबरडबली संवाददाता

वीरगञ्ज । वीरगञ्ज महानगरभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा सडक व्यापारी तथा सडकमा हिँड्ने बटुवाहरूलाई समस्या हुँदै आएको छ । महानगरभित्र करिब आधा दर्जन स्थानमा मात्रै सार्वजनिक शौचालय छन् । भएका सीमित शौचालयको पनि शुल्क अधिकतम हुँदा सर्वसाधारणलाई समस्या हुँदै आएको हो । अधिकांशले सार्वजनिक शौचालयभन्दा पनि खुला स्थानमा शौच गर्दै आएका छन् ।

वीरगञ्जको घण्टा घरचोकसँगै सार्वजनिक शौचालय छ । पैसा नभएको बाहाना गरेर अधिकांश पुरुषहरू भने खुला रूपमा जथाभावी शौच गर्ने प्रवृत्ति देखिएको छ । घण्टाघरको सार्वजनिक शौचालयमा पिसाब फेरेको रु १०, दिसा गरेको रु १५ र नुहाउनेका लागि रु ४० तोकिए पनि सर्वसाधारण पैसाको अभाव देखाउँदै प्रयोग गर्दैनन् । 

वीरगञ्जको बीपी उद्यानस्थित खुला हाट व्यापारमा व्यापार गर्ने र सरसमान खरिद गर्न आउने पुरुष ग्राहकहरू खुला शौच गर्दै आइरहेका प्रकृति सेवा प्रतिष्ठान नेपालका अध्यक्ष जसपाल सिंहले बताए । मिनाबजारमा अवस्थित नेपाल टेलिकमको महसुल काउन्टरको पर्खालमा पनि खुला शौच गर्नेको घुइँचो देखिन्छ । अहिलेसम्म पनि महानगर प्रहरीले सडक छेउछाउमा शौच गर्नेलाई सचेतना जगाउने तथा बानी सुधार्ने प्रयास गरेको छैन ।

प्रतिष्ठानका अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पर्याप्त मात्रामा सार्वजनिक तथा घुम्ती शौचालय नहुँदा सडक छेउछाउमा खुला रूपमा पिसाब फेर्ने प्रवृत्ति अझैसम्म नरोकिएको गुनासो गरे । ‘यहाँ जहाँपयो त्यही थुक्ने र पिसाब फेर्ने बानी अधिकांशमा छ’, उनले भने, ‘यस्ता गतिविधिले वीरगञ्जलाई फोहर र दुर्गन्धित बनाउँदै आइरहेको छ ।’ अध्यक्ष सिंहले वीरगञ्ज महानगरमा पटकपटक सुलभ र घुम्ती शौचालय व्यवस्थापनको लागि माग राख्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे ।

प्रतिष्ठानले वीरगञ्ज महानगर प्रमुखमा राजेशमान सिंह निर्वाचित भएर आएपछि पनि वि।सं २०७९ जेठ १५ वीरगञ्जका सार्वजनिक सरोकारका २३ बुँदे सुझावसहित सुलभ र घुम्ती शौचालय आवश्यकता भएको भन्दै ध्यानाकर्षण गराएको थियो ।

‘महानगरमा सार्वजनिक शौचालय पर्याप्त नहुँदा खुलमखुला शौच गरिरहेको दृश्य देख्नुपर्दा लाजैमर्दो हुन्छ’, उनले भने, ‘यहाँ सुलभ शौचालय, घुम्ती शौचालय ९पिसाब फेर्नका लागि० तुरुन्त व्यवस्थापन तथा त्यसको दैनिक यथोचित सरसफाई गर्न आवश्यक भइसकेको छ ।’ 

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले विगत केही वर्षअघि वीरगञ्जलाई खुला दिशामुक्त महानगर घोषणा गरेपनि कार्यान्वयन फितलो रहेको गुनासो गरे । ‘पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा पनि खुला ठाउँमा शौच गरिरहेको दृश्य देखिन्छ’, उनले भने, ‘सार्वजनिक शौचालय बनाएर सो प्रवृत्तिको अन्त्य गर्न जरुरी छ ।’ 

महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले महानगरमा करिब आधा दर्जन बढी स्थानमा सार्वजनिक शौचालय रहेको जानकारी दिए । उनका अनुसार घण्टाघर, पुरानो बसपार्क, नयाँ बसपार्क, लक्ष्मणवाचोकलगायत स्थानमा शौचालय छन् । ‘यहाँको पावरहाउस चोकमा सार्वजनिक शौचालय निर्माण भइरहेको छ’, उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending