Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

बन्दीपुरमा ‘आफ्नो गाउँ: रमाइलो बनाउँ’ कार्यक्रम

खबरडबली संवाददाता

तनहुँ। जिल्लाको पर्यटकीय नगरी बन्दीपुरले ‘आफ्नो गाउँ: रमाइलो बनाउँ’ अभियानमार्फत हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ । गाउँपालिकाले पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै हरेक बस्तीलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न साझेदारी गरी ग्रामीण सौन्दर्यीकरण तथा उज्यालो बन्दीपुर र ढुङ्गा छपनीको कार्यक्रमलाई अगाडि बढाउन लागेको हो । 

गाउँपालिकाले एसियाको ठूलो दाबी गरिएको सिद्धगुफा, पातलद्वार गुफा, शङ्खे गुफालगायत गुफाको संरक्षण र प्रवर्द्धन गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। उनले भने, “बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यस्थल हो । पर्यटकीय क्षेत्र भएकाले हामीले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाएका छौं ।”

थापाले पर्यटनबाट बन्दीपुरको राजस्वलाई वृद्धि गर्न विभिन्न पर्यटकीय पार्क तथा पर्यटनमैत्री खेलमा सहभागी गराइ दस्तुर सङ्कलनलाई विस्तार गरिने बताए । बन्दीपुरभित्र बाइसेचौबिसे राज्यको पालाका चर्चित गढी हुस्लाङकोट, चन्द्रकोटको र अन्य गढीहरूको इतिहास अध्ययन गरी यसको संरक्षण गरिने उनले उल्लेख गरे। 

बन्दीपुरको शिरका रूपमा रहेको थानीमाइ मन्दिर र मुकुन्देश्वरी दरबार संरक्षण गरी मन्दिरको निर्माण गर्ने बताउँदै थापाले पर्यटनमैत्री पूर्वाधार निर्माणलाई मणिमुकुन्दसेन पदमार्ग, ‘रकगार्डेन’ र रकम ‘क्लाइम्बिङ’ निर्माणलाई निरन्तरता दिने जानकारी दिए। उनले भने, “पदमार्ग पर्खालले यहाँ आउने पर्यटकको ध्यान खिचेको छ । यसको काम अन्तिम चरणमा पुगिसकेको छ । मिनी ग्रेटवालका रूपमा परिचित यसलाई आगामी वर्षभित्रै निर्माण सम्पन्न गर्नेछौँ ।”

बन्दीपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँ परापूर्व कालदेखि मान्दै आइएका मठमन्दिर मुकुन्देश्वरी, थानीमाइ, खड्कमाय, भुत्याइ बराह, सन्तानेश्वर महादेव, मुलपानीका महादेव मन्दिर, तीनधारा महादेव, पहाडपानीको महादेव मन्दिर संरक्षण र सम्वर्द्धन गरी यसलाई पर्यटनसँग जोड्ने लक्ष्य लिइएको थापाले बताए । 

उनले भने, “यहाँको दिगो पर्यटन विकास र पर्यटकको बसाइँ अवधि लामो बनाउनका लागि छिमेकी पालिकाहरूसँगको समन्वयमा विभिन्न पर्यटकीय स्थानको प्रवर्द्धन र विकास गरिनेछ ।”

सहासिक पर्यटनको प्रचुर सम्भावना रहेको ‘रकक्लाइम्बिङ’, ‘प्याराग्लाइडिङ’, ‘साइक्लिङ’, ‘क्यानोनिङ’, जलविहारलगायत खेलको प्रवर्द्धन गर्दै कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस, अर्जेन्टिनालगायत देशका पर्यटक आउने गरेका छन् ।

खड्गदेवी मन्दिर, थानीमाइ मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरेको छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकहरूको आकर्षक केन्द्रबिन्दु बन्ने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending