Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

जनकपुरमा ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ

खबरडबली संवाददाता

ढल्केबर। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उनका ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार असार १८ गते साँझ साहकै घरमा घरायसी विवादका क्रममा महासेठले चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनापछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले मृतककी श्रीमती शैलदेवीले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको बताए। उनका अनुसार हत्या अभियोगमा पक्राउ परेका महासेठलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ । 

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु र अभियुक्त चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ । मृतकका परिवारका अनुसार बेचनले पटकपटक पैसाको माग गर्दै आएका थिए । पैसाकै विषयलाई लिएर दुईबिच वादविवाद हुँदै आएको र यही विवाद हत्या सम्म पुगेको परिवारको भनाइ छ । 

मृतक वासुदेवले यसअघि नै ज्वाइँबाट आफूलाई खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका थिए । यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending