Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

जनकपुरमा ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ

खबरडबली संवाददाता

ढल्केबर। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१५, कुवारामपुरमा चक्कु प्रहार गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले ६५ वर्षीय वासुदेवप्रसाद साहको हत्या अभियोगमा उनका ५५ वर्षीय ज्वाइँ बेचन महासेठलाई पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार असार १८ गते साँझ साहकै घरमा घरायसी विवादका क्रममा महासेठले चक्कु प्रहार गरी हत्या गरेका थिए । घटनापछि फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले मृतककी श्रीमती शैलदेवीले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको बताए। उनका अनुसार हत्या अभियोगमा पक्राउ परेका महासेठलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको छ । 

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु र अभियुक्त चढेको प्रदेश ०२–००७प ९९३२ नम्बरको स्कुटर समेत बरामद गरेको छ । मृतकका परिवारका अनुसार बेचनले पटकपटक पैसाको माग गर्दै आएका थिए । पैसाकै विषयलाई लिएर दुईबिच वादविवाद हुँदै आएको र यही विवाद हत्या सम्म पुगेको परिवारको भनाइ छ । 

मृतक वासुदेवले यसअघि नै ज्वाइँबाट आफूलाई खतरा रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा माग गर्दै निवेदन दिएका थिए । यस्तै, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजपनि ह्वात्तै घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यसअघि मं...

कञ्चनपुरका दुई पालिकाका विद्यालयमा बिदा

कञ्चनपुर। कञ्चनपुरका दुई पालिकाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । यहाँको वेदकोट नगरपालिका र भीमदत्त नगरपालिकाले चार दिनका लागि विद्यालयमा बिदा दि...

कांग्रेसको समानुपातिक सूचीमा गम्भीर त्रुटि, पूर्वराष्ट्रपति यादवका छोराको नाम दुई ठाउँमा

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने क्रममा गम्भीर त्रुटि गरेको पाइएको छ। मंगलबार बिहान बुझाइएको सूचीमा पूर्...

सुर्खेतमा जंगलभित्र युवायुवती मृत अवस्थामा फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद पार्क नजिकैको जंगलमा उनीहरूका श...

परराष्ट्रमन्त्री शर्मा बङ्गलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन्। ...

सिन्धुलीमा २२ वर्षीय युवकको गोली लागेको अवस्थामा शव फेला

काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ बन्दिपुर निवासी २२ वर्षीय आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ। घ्याङ्लेख गाउँपालिका...

कप्तान रोहितका बुवा र आमा गृहनगरमा सम्मानित

पश्चिम नवलपरासी। नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको उपाधि विजेता टोली लुम्बिनी लायन्सको ट्रफी उत्सव यात्रा राष्ट्रिय टोलीका कप्तान रोहित ...

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending