Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

संसद् विघटनका दुई घटनामा सम्झिँदै प्रचण्डले भने- ओली र विद्या भण्डारीमा तात्विक भिन्नता छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र हाल देखिएको गतिविधिलाई आन्तरिक विषय भन्दै टिप्पणी गर्न अस्वीकार गरेका छन्। तर, उनले एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच विचार, प्रवृत्ति वा संस्कारमा कुनै मौलिक भिन्नता नरहेको बताएका छन्।

"एमालेभित्र अहिले जे चलिराखेको छ, त्यो उहाँहरूको आफ्नो आन्तरिक कुरा भयो। मैले धेरै भन्नु छैन," अध्यक्ष प्रचण्डले भने, "तर मैले केपी ओली र विद्याजीमा कुनै तात्विक भिन्नता देखेको छैन। उहाँहरू बीच विचार, एजेन्डा, संस्कार, प्रवृत्तिमा भिन्नता छ भन्ने मलाई लाग्दैन।"

उनले विद्या भण्डारीको सक्रियता बढ्दै जाँदा एमाले एकता सहज हुने तर्कलाई खारेज गरे। “कोही कोहीले भन्छन् विद्याजी आएपछि त पार्टी एकता भइहाल्छ, त्यो चाहिं होइन। केपीजी भन्नु र विद्याजी भन्नु एउटै हो,” उनले स्पष्ट पारे।

प्रचण्डले पूर्वराष्ट्रपति भण्डारीको कार्यशैलीप्रति पुनः प्रश्न उठाएका छन्। 

उनले संसद् विघटनका दुई घटनामा राष्ट्रपतिको भूमिकालाई पुनः स्मरण गराउँदै भने, “उहाँ राष्ट्रपति हुँदा, केपीजी प्रधानमन्त्री हुँदा दुई–दुई चोटि संसद् विघटन भयो। गलत तरिकाले नै भएको थियो। पछि त अदालतले पनि भन्यो। सडकमा जनताले पनि भने, हामीले पनि भन्यौं। तर राष्ट्रपतिले त्यसैलाई ठप्पा लगाएको लगाएकै गर्नुभएको राष्ट्रपति उहाँ नै हो नि!”

प्रचण्डको यो अभिव्यक्ति एमाले र भण्डारीबीच बढ्दो समन्वय र सम्भावित राजनीतिक गुटबन्दीका सन्दर्भमा आएको हो।
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending