Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

रसुवा बाढीको प्रभाव: बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइयो

खबरडबली संवाददाता

धुलिखेल। धुलिखेलमा बसेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी – २०८२ निर्धारित तालिकाअनुसार पूर्ण रूपमा सम्पन्न हुन सकेन । रसुवाको चिलिमे क्षेत्रमा गएको भीषण बाढीमा १६ जना बेपत्ता भएसँग गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेको हो ।

बाढीमा केही सुरक्षाकर्मी समेत बेपत्ता भएका छन् । गोष्ठीको उद्घाटन सत्र बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गरे। सुरक्षा गोष्ठीमा गृहमन्त्री रामेश लेखक, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ), सुरक्षा  निकायका केन्द्रीय प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश प्रहरी, १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, तथा गृह मन्त्रालयअन्तर्गतका विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

बैठकमा आयोजना गर्न लागिएको अन्तर जिल्ला समन्वय सत्र र अन्य प्रस्तुतीहरू स्थगन गरिएको भए पनि पूर्वनिर्धारित सुरक्षा ब्रिफिङ सत्र भने सञ्चालन गरिएको छ । उक्त ब्रिफिङमा प्रदेशस्तरीय सुरक्षाका रणनीति, विपद् व्यवस्थापन, आपतकालीन तयारी, जिल्लास्तरीय समन्वय र सूचनाको प्रवाहबारे छलफल गरिएको थियो ।

बैठकमा सहभागी अधिकांश सुरक्षा अधिकारी र प्रशासनिक पदाधिकारीहरूले रसुवाको अवस्था तत्काल हेर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यक्रम छोट्याउने निर्णयलाई समर्थन गरेका छन् । बाढीको तत्कालिन स्थिति, मानवीय क्षति, बेपत्ता सुरक्षाकर्मीको अवस्थासहित गृह मन्त्रालयले प्रमुख विषयवस्तुहरूलाई तत्काल समन्वय गरी निष्कर्ष निकालेको बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

शिक्षामा लगाएको समता करले भुइँमान्छेलाई छुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...

आगामी वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्था अन्त्य हुने : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...

प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेश गरिएको छ । आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको का...

सरकार ओभर स्मार्ट हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो: सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले १२ कक्षाको परीक्षाफलमा देखिएको त्रुटिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग मा...

रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै कांग्रेसको संसदमा आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा...

नेकपा सांसदको प्रश्न: अब संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कहिले हुन्छ ?

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन नभएको भन्दै संसद्मै प्रश्न उठेको छ। नेपाल कम्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending