काठमाडौं । भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुललगायतका धेरै महत्त्वपूर्ण भौतिक संरचनाहरूमा गम्भीर क्षति पुर्याएको छ। यस घटनाप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष दाहालले प्राकृतिक विपद्को यस विषम परिस्थितिमा सरकारले तत्काल उद्धार र राहत कार्य प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्। “मैले सरकारसँग सबै संयन्त्र तत्काल परिचालन गर्न जोडदार माग गरेको छु,” उनको स्टाटसमा उल्लेख छ।
अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई पनि उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा खटिन निर्देशन दिएका छन्। साथै, मौसमविद्हरूको औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै सरकारले उच्च सतर्कता अपनाउन र दीर्घकालीन रूपमा विपद् जोखिम न्यूनीकरणका ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले विपद्को घडीमा सबै सरकारी निकाय, राजनीतिक दल, संघ–संस्था र नागरिकहरूबीच समन्वय र एकता जरुरी रहेको उल्लेख गर्दै, "संकटको यो घडीमा एकजुट भएर काम गरौं," भन्ने अपिलसमेत गरेका छन्।
मंगलबार बिहान आएको बाढीले भोटेकोशी नदीको तटीय क्षेत्रका पूर्वाधारमा गम्भीर असर पारेको छ। नेपाल–चीनबीचको मुख्य नाका मानिने मितेरी पुल क्षतिग्रस्त हुँदा आवागमन पूर्णरूपमा प्रभावित भएको छ।
गृह मन्त्रालयले प्रभावित क्षेत्रमा सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय प्रशासन परिचालन गरिसकेको छ। उद्धार कार्य तीव्र पारिएको छ भने जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको बताइएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...
माघ २ गते, २०८२ - ०७:१७
तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको...




प्रतिकृया लेख्नुहोस्: