Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति, म रहुँ वा नरहुँ, मधेश एक दिन नेपालबाट अलग हुनेछ

भारतको हामीलाई समर्थन मिलेको छ

खबरडबली संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) का नेता अशोक यादवले आपत्तीजनक अभिव्यक्ति दिएका छन् ।

पक्राउ पूर्जी जारी भएपछि फरार भएका पूर्वसांसद यादवले भिडियो सन्देश सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’

उनले भनेका छन्– ‘भारतमा नेपालका आन्दोलनकारीहरूलाई शरण मिल्दै आएको छ। सुरुदेखि नै हरेक विभिन्न किसिमका आन्दोलन भए। र आन्दोलनकारी कोही अपराधी वा हत्यारा होइनन्। तर स्थानीय स्तरमा सर्लाहीका एसपी र डीएसपी गुण्डागर्दी गर्दै भारतीय सेवा क्षेत्रमा, सीमावर्ती इलाकाका मानिसहरूलाई गलत आरोप लगाएर हामीले गलत काम गर्‍यौँ, हाम्रा आफन्तहरू‘ मेरा आफन्तका घरमा गएर छापा मारे। र छापा मारिरहेका छन् अहिलेसम्म। अत: म बिहार सरकारसँग आग्रह एवं बिहारका सबै मानिसहरू तथा जनप्रतिनिधि र प्रहरी प्रशासनसँग आग्रह गर्दछु कि यो विदेशको मामला हो र राजनीतिक मामला हो। र हामीहरू आन्दोलनको लडाइँ अहिलेसम्म लडिरहेका छौँ। जनताको लडाइँ लडिरहेका छौँ। भारतमा हाम्रो शरण स्थल छ। भारतको हामीलाई समर्थन मिल्नुपर्छ, मिलेको छ।’

अशोक यादवको परिवारलाई जुन बिहारमा पुलिसवालाहरू‘ प्रशासनले‘ जुन प्रशासन गर्छन्, सीतामढीका एसपीसँग, बिहारका सिनियर पुलिस अधिकारी सबैलाई आग्रह गर्दछु कि यस प्रकारको समस्या नदिनुहोस्। नेपालका एसपीको भनाइमा कुनै पनि कदम नउठाउनुहोस्,’ उनले आग्रह गरेका छन् ।

सर्लाहीका तत्कालीन एसपी योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएपछि फरार यादवले आफूलाई मर्नदेखि डर नभएको बताएका छन् ।

यादवले भिडियोमा सर्लाहीका एसपी र डीएसपीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोइराला समूहद्वारा देउवा पक्षको बैठक बहिष्कार

काठमाडौँ । शेखर कोइराला नेतृत्वको नेपाली कांग्रेसको एक समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा सहभागी नहु...

सुकुम्वासी उठिबासप्रति नेकपाको आपत्ति, पुनर्वासको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेक...

सञ्चार क्षेत्र मर्यादित र जिम्मेवार बन्नुपर्छ :मन्त्री तिमिल्सिना

नुवाकोट। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाको पछि नलागी जिम्मेवार र मर्यादित पत्रकारिता गर...

लेकसाइडमा प्रहरीलाई दुख दिने १६ महिला पक्राउ

कास्की। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुख दिने १६ महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय का सूचना अधिकारी ...

बिष्णुमति खोलाको किनारमा ४ पेस्तोल र ५८ राउण्ड गोली फेला

काठमाडौं । बिष्णुमति खोला किनारबाट चार थान पेस्तोल, ५८ राउण्ड गोली र सात थान म्यागजिन बरामद गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश था...

एक सयभन्दा बढी सामानमा भन्सार, सीमावर्ती क्षेत्रका सर्वसाधारण मारमा

पश्चिम नवलपरासी। नेपाल-भारत सीमा नाकाहरूमा भन्सार प्रशासनले एक सय रुपियाँभन्दा बढी मूल्यका सामानमा पनि अनिवार्य भन्सार शुल्क लगाउन थालेपछी सीमावर्ती क...

हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्‍याउने योजना कार्यान्वयन ...

ठमेलबाट पक्राउ परेका युगान्डाका महिलाहरू डिपोर्ट

काठमाडौँ  । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...

पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै

काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending