Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

विद्या भण्डारीसमक्ष माओवादीको प्रस्ताव- वाम एकता गरौँ

खबरडबली संवाददाता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै वाम एकताको प्रस्ताव राखेका छन्। 

बिहीबार दिउँसो भंगालस्थित पूर्वराष्ट्रपति निवास पुगेका श्रेष्ठले यस्तो प्रस्ताव राखेका हुन्। ‘उहाँ (नारायणकाजी श्रेष्ठ) बिहीबार आउनुभएको थियो, करिब एक घण्टा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भयो,’ पूर्वराष्ट्रपतिनिकट एक नेताले भने।

ती नेताका अनुसार माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वाम एकता सम्भव भएकाले पहल गर्न आग्रह गरेका थिए। तर पूर्वराष्ट्रपति भण्डारीले अहिले नै यो विषयमा आफूले सोचिनसकेको बताएकी थिइन्। ‘मैले यो विषयमा सोचेको छैन, अहिलेको आवश्यकता ध्रुवीकरण होइन, त्यसकारण सबै मिलेर मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएकी छु,’ पूर्वराष्ट्रपतिको भनाइ उद्धृत गर्दै ती नेताले भने।

श्रेष्ठ भने अहिले विदेश भ्रमणमा छन्। यो विषयमा कुराकानी गर्न खोज्दा उनी विदेश भएको जानकारी प्राप्त भएको छ। माओवादी केन्द्र तथा अन्य वामपन्थी दलका नेताहरूले विद्या भण्डारीको नेतृत्वमा वाम एकता गर्न सकिने आशयका अभिव्यक्तिहरू दिने गरेका थिए। असार १४ गते विद्या भण्डारीले एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक घोषणा गरेसँगै एमालेको संस्थापन पक्षमा भुइँचालो गएको छ भने वामपन्थी दलहरूले कुनै प्रतिक्रिया जनाइसकेका छैनन्।

माओवादीमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनः पुसदेखि नै सक्रिय भइसकेका छन्। दुई कार्यकाल उपराष्ट्रपति भएका पुन माओवादी केन्द्रका बैठकहरूमा सहभागी हुँदै आएका छन्। उनी पूर्ण रूपमा माओवादी केन्द्रको जिम्मेवारीका फर्केका छन्।

पूर्वराष्ट्रपति भण्डारी भने विधान महाधिवेशनदेखि सक्रिय हुने तयारीमा रहेकी छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्वराष्ट्रपति निवासमै पुगेर वाम एकताको प्रस्ताव राख्नुले एमालेलाई दुई धारमा ल्याउन माओवादी केन्द्रले भित्रभित्रै खेल्न खोजेको हो कि भन्ने आशंका जन्माएकाले तत्कालै भण्डारीले कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ। 

‘अहिले उहाँको सोच वामपन्थी एकताभन्दा पनि एमाले बलियो बनाउने रहेको छ,’ भण्डारीसँग निकट भएर काम गरिरहेका एमालेका एक पदाधिकारीले भने।

भण्डारीनिकट नेताहरूले नारायणकाजी श्रेष्ठसँगको भेटघाटलाई बाहिर ल्याउन चाहिरहेका छैनन्। भण्डारीका स्वकीय सचिव राजकुमार राईले श्रेष्ठले आएर भेटघाट गरेको बारेमा आफूलाई जानकारी नभएको बताए।

पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कने घोषणा गरेपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ। एमाले, माओवादी केन्द्र र अन्य दलका नेताहरूले समेत भण्डारीसँगको भेटघाटलाई तीव्रता दिएका छन्। 

पूर्वराष्ट्रपति भण्डारीले पनि भेटघाटलाई सहज बनाउँदै लगेकी छन्। राजनीतिमा सक्रिय भइसकेको अवस्थामा भेटघाटलाई फराकिलो बनाउँदै लैजाने भण्डारीनिकट नेताहरूले जनाएका छन्। योे समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending