काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरका मेयर बालेन शाहबिच पछिल्ला राजनीतिक घटनाक्रम र महानगरका गतिविधिबारे अन्तरंग छलफल भएको छ । भण्डारीको सचिवालयबाटै निमन्त्रणा आएपछि बिहीबार बालेन भेटघाटका लागि पुगेका थिए ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा पुनरागमनको घोषणासँगै अध्यक्ष केपी ओलीलाई टक्कर दिएर भावी नेतृत्व लिन अग्रसर भइरहेको चर्चाबिच उनले बालेनसँग भेटवार्ता गरेकी हुन् ।
बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार दुई नेताबिच झन्डै एक घण्टा छलफल भएको थियो ।
‘उहाँ (पूर्वराष्ट्रपति भण्डारी)सँग समसामयिक विषयमा सौहार्दपूर्ण छलफल भयो, कतिपय राजनीतिक सवाल र घटनाक्रममा तथा कतिपय महानगरपालिकासँग सम्बन्धित विषयमा छलफल भयो,’ उनले भने, ‘पूर्वराष्ट्रपतिज्यूले मेयरसाबलाई राम्रो रेस्पोन्स गर्नुभयो । मेयरसाबले पनि उहाँले पूर्वराष्ट्रपतिको हैसियतमा पाइने सरकारी सेवासुविधा फिर्ता गरेकोबारे चर्चा गर्नुभयो । कुराकानीका क्रममा महानगरपालिकामा देखिएको पछिल्लो समस्याबारे पनि छलफल भयो ।’
बालेनले पूर्वराष्ट्रपति भण्डारीसँग सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको विषयमा पनि चासो राखेका थिए । त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले पनि बालेनसँग आगामी ‘राजनीतिक यात्रा’को योजना र तयारीका विषयमा चासो राखेकी थिइन् । जानकार स्रोतका अनुसार ‘युवा र नागरिकमाझ लोकप्रिय’ पनि रहेकाले राजनीतिक दलमार्फत अगाडि बढ्न उनको सुझाव थियो ।
‘पूर्वराष्ट्रपतिज्यूले देशमा केही गरौँ र राजनीतिक अस्थिरता हटाऊँ भन्ने उद्देश्यसहित पुन: सक्रिय राजनीतिमा आउन मन लागेको बताउनुभयो । उहाँले मेयरसाबलाई पनि राजनीतिक दलमार्फत राजनीतिमा अगाडि बढ्न अनुरोध गर्नुभएको थियो,’ भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मेयरसाबले राजनीतिक दलमार्फत नै अगाडि बढ्ने स्पष्ट केही भन्नुभएन । हेरौँ, अवस्था कस्तो हुन्छ भनेर जवाफ दिनुभयो ।’
पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय महानगरभित्र देखिएका विवाद एवं नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको विषयमा पनि बालेनसँग चासो राखेकी थिइन् । जवाफमा बालेनले संघ सरकारले महानगरपालिकालाई अस्वाभाविक रूपमा हस्तक्षेप गर्ने र घेराबन्दी गर्ने काम गरिरहेको बताएका थिए । भण्डारीले बालेनसँग जोडिएका र प्रतिशोध राखिएका विषयबारे आफू जानकार रहेको बताउँदै एक राजनीतिज्ञका हिसाबले त्यसमा सहजीकरणका लागि पहल गर्ने बताएकी थिइन् ।
पछिल्लो समय संघ सरकार र मेयर बालेनबिच विवाद छ भने प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर मेयर असन्तुष्ट छन् । उनी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं नफेरिएसम्म नीति तथा कार्यक्रम र बजेट नल्याउने अडानमा छन् । केही समयअघि प्रधानमन्त्री केपी ओली र बालेनबिच टकराव बढेको थियो ।
केन्द्र सरकारले असहयोग गरेको र प्रतिशोधपूर्ण व्यवहारले हेरेको भन्दै उनी असन्तुष्ट छन् । पुन: एमालेको सक्रिय राजनीति थालेकी भण्डारीसँग बालेनले गरेको भेटलाई भने अर्थपूर्ण रूपमा लिइएको छ । पूर्वराष्ट्रपति भण्डारीका पूर्वस्वकीय सचिव राजकुमार राईले भने आफूलाई बालेनसँगको भेटवार्ताबारे जानकारी नभएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: