घोराही। दाङमा प्रहरीले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ । दुर्लभ वन्यजन्तु बाघको छालासहित गढवा गाउँपालिका–६ खवरीबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका–६ खवरी निवासी ४१ वर्षीय विक्रम बुढामगरको घरबाट आज आइतवार विहान करिव दुई बजेतिर छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशवराज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरी निवासी ४१ वर्षीय विक्रम बुढामगर र बर्दिया जिल्ला बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु रहेका छन् ।
बाघको छाला बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयको नेतृत्वमा खटिएको प्रहरी टोलीले प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएर राखेको अवस्थामा शिरदेखि पुच्छरसम्म नौ फिट दुई इञ्च लम्बाई र तीन फिट दुई इञ्च चौडाई भएको पाटे बाघको छाला बरामद गरेको छ । पक्राउ परेका अभियुक्तहरुलाई डिभिजन वन कार्यालय लमहीमा बुझाएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिएको छन् ।
पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको भन्दै प्रहरी नायव उपरीक्षक शाहले भने, 'अहिलेसम्म बाघको छाला बाहिरबाट ल्याएर बिक्री गर्न थालिएको हो वा दाङमै बाघ मारिएको हो भन्ने बारे खुल्न सकेको छैन ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: