Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

पक्राउ पुर्जी जारी भएपछि जसपा मधेश प्रदेशका अध्यक्ष यादव फरार

खबरडबली संवाददाता

सर्लाही। सर्लाही जिल्ला अदालतले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेपछि जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव फरार भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्कासँग गालीगलौचमा उत्रनुभएका यादवलाई जिल्ला अदालतले शुक्रबार आपराधिक उपद्रो कसुरमा पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति प्रदान गरेलगत्तै प्रहरीले कविलासी नगरपालिका–१०, सलेमपुरका यादवको खोजी गरिरहेको छ ।

सर्लाही प्रहरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक ९डिएसपी० सरोज राईले शनिबार बिहानसम्म यादव पक्राउ नपरेका बताए। यादवको खोजीमा प्रहरी तैनाथ भइरहेको डिएसपी राईको भनाइ छ ।

पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई पक्राउ गर्न भन्दै प्रहरीले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न युनिटबाट थप मद्दतमा ठुलो सङ्ख्यामा प्रहरी जम्मा पारेको छ । जिल्ला प्रहरी प्रमुखसँग गालीगलौचमा उत्रिएपछि बिहीबार मध्यराति नै यादवलाई पक्राउ गर्न जाँदा उनका समर्थकले प्रहरीको गाडी तोडफोड र अवरोध गरेकाले पनि यादवलाई पक्राउ गर्नुपूर्व नै उच्च सुरक्षा सावधानी अपनाइएको हो ।

जसपा प्रदेश अध्यक्ष यादव र सर्लाही प्रहरी प्रमुख खड्काबिच टेलिफोनमा भएको बाझाबाझ अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भाइरल छ । यादव र एसपी खड्काबिच बिहीबार राति टेलिफोनमा गालीगलौच भएको थियो ।

आर्थिक चलखेल गर्ने सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा उल्टै प्रहरी तैनाथ गरेर सेवा प्रवाह गरिएकोप्रति जसपा मधेश प्रदेश अध्यक्ष यादवले एसपी खड्कालाई टेलिफोन गरेर आपत्ति जनाएको थिए । कुराकानीमा यादवले पूर्वाधार विकास कार्यालयमा आर्थिक वर्षको अन्तिममा अनियमित ढङ्गले काम भइरहेको र त्यसमा प्रहरीले सुरक्षा दिएर गलत गरेको एसपी खड्कासँग भनेको थिए । 

कुराकानीकै क्रममा यादवले एसपी खड्कालाई ‘तिमीहरु लुटेरा, मधेशमा कमाउन भनेर आएको’ भनेको सुनिन्छ । त्यसपछि जसपाका प्रदेश अध्यक्ष यादव र एसपी खड्काबिच अपशब्द प्रयोग गर्दै बाझाबाझ गरेको टेलिफोन अडियो अहिले यत्रतत्र भाइरल बनेको हो ।

असार १२ गते पूर्वाधार विकास कार्यालय मलङ्गवामा केही व्यक्ति आएर विभिन्न योजनाको फाइल खोसेर लगेपछि प्रहरी परिचालन हुँदै आएका थिए । जसपाका मधेश प्रदेश अध्यक्ष यादवकै नेतृत्वमा फाइल खोसेर लगिएको आरोप लागेको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राईका अनुसार १२ गतेको घटनापछि असार १३ गतेदेखि पूर्वाधार विकास कार्यालयमा निरन्तर प्रहरी तैनाथ गर्ने गरिएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा योजना बिक्री, योजनाको रकम भुक्तानीलगायत काममा व्यापक आर्थिक चलखेल हुने गरेको गुनासो व्यापक रुपमा आइरहेकै छ ।  

आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि यादवले शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै आम जनताको गुनासो र आवाजलाई सम्बोधन गर्न खोज्दा उल्टै आफूलाई फसाउन खोजिएको गुनासो पोखेको थिए । उनले पूर्वाधार कार्यालयका प्रमुख विजय यादव दिनभर रौतहटको चन्द्रनिगाहपुरमा बस्ने गरेको र राति कार्यालयमा आएर अनियमित हिसाबले चेक काट्ने काम गरिरहेको प्रति आपत्ति जनाउँदा प्रहरी प्रशासन नै आफूविरुद्ध लागेको आरोप लगाएको छन् ।

यादवको पार्टी जसपा सर्लाहीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले पार्टीका प्रदेश अध्यक्ष यादवमाथि दुर्व्यहार गरेको र मध्यराति डाका शैलीमा प्रहरी घरभित्र प्रवेश गरेको आरोप लगाएको छ । जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले हस्ताक्षर गरी जारी गरेको प्रेस विज्ञप्तिमा गल्ती गर्ने प्रहरी प्रमुखले माफी माग्नुपर्ने माग राखेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस बाराका सभापति राजेश यादव निलम्बित

ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...

‘राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दे' भन्दै माइतीघरमा नेकपाको विरोध प्रदर्शन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...

कामपाद्वारा शिक्षण अस्पताललाई एक करोड ७० करोड बराबरको डिजिटल उपकरण हस्तान्तरण

काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...

भारतको अस्पतालमा आगलागी हुँदा पाँचको मृत्यु, २० जना घाइते

नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...

जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक हो: मन्त्री वादी

ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...

टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...

अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट साढे १० करोड रुपियाँ फिर्ता

काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...

कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बेहोस भएका दर्जीको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...

पाकिस्तानको निर्यात वृद्धि

पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...

चिडियाखानामा राखिएको ‘ट्रम्प’ भैँसी

ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending