Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

वैदेशिक रोजगारीको पीडा: तनहुँका ३७ जना बाकसमा फर्किए

खबरडबली संवाददाता

तनहुँ। मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ । विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्र तनहुँका संयोजक लुना रानाले बताए।

व्यास नगरपालिकाका आठ जना, शुक्लागण्डकी नगरपालिकाका सात, भिमाद नगरपालिका चार, भानु नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका चार, घिरिङ गाउँपालिका तीन, ऋषिङ गाउँपालिका दुई र अन्य जिल्लामा घर भई यहाँ अस्थायी बसोबास गर्ने चार गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको रानाले जानकारी दिए।

यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा तनहुँमा ठगीका घटना १२०, जेलसम्बन्धी चार, स्वास्थ्य उपचाररपारिवारिक स्वास्थ्य उपचार २३, उद्धार  २२, अन्य छ वटा दर्ता हुन आएकोमा १०८ वटा समाधान गरिएको र सात करोड २२ लाख नौ हजार २५७ रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष नेपाली युवा जनशक्ति विदेशिने क्रम बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तनावमा र अत्यधिक काम गर्नेलगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रका परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ ।

मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटनालगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । केन्द्रले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर आफ्नो सेवा प्रवाहको बारेमा जानकारी दिएको थियो । सञ्चारकर्मीहरुले बैदेशिक समस्यालाई प्राथमिकता दिएर कलम चलाइदिएकोले वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै भविष्यमा यस्ता विषयहरुलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने संयोजक रानाको भनाइ थियो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि सामी कार्यक्रम प्रभावकारी बनेको बताए। यस कार्यक्रमले समस्यमा पर्न नदिन र परिसकेकालाई उद्धारका लागि प्रभावकारी ढङ्गबाट काम गरेकाले पीडितलाई राहत दिलाउन सजिलो भएको न्यौपानेको भनाइ थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, प्रसाईं समूहको मागबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं र उनक...

बन्दसूचीको त्रुटि सच्याउन आयोगले थाल्यो राजनीतिक दलसँग छलफल

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैप...

देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा माक्स लगाएर मात्र निस्कन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा माक्स लगाएर मात्र निस्कन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वस्थ...

एमालेको समानुपातिक बन्दसूचीमा २१ जिल्लाको प्रतिनिधित्व शुन्य, झापाबाट ९ जना

काठमाडौं । नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व शून्य रहेको पाइएको छ। निर्वाचन आयोगका अनुसार एमालेले पेश गरेको...

लालपुर्जावाला नदीकिनारका जनतालाई सुकुम्बासि नबनाउ: दीपशिखा

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्...

बाँकेको किरण नालामा पुल निर्माणले स्थानीयलाई सहज

बाँके। लुम्विनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक पूर्वाधार कार्यालयले किरण नालामा पक्की पुल निर्माण सम्पन्न गरेपछि बाँकेको खजुरा ...

माइतीघरमा खोला किनार मापदण्डविरुद्ध प्रदर्शन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको खोला किनार मापदण्ड कार्यान्वयनको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुन: प्रदर्शन गरेका छन्। सर्वोच्च अदालत...

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न ख...

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा । नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २...

झापाबाट एमालेको समानुपातिक सूचीमा ९ जना

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा झापा जिल्लाबाट ९ जना परेका छन्। झापा ठेगाना भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending