तनहुँ। मुलुकभित्र रोजगारीका अवसरको कमीले गर्दा विदेशी भूमिमा पसिना बगाएर परिवार सुखसँग पाल्ने र छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने उद्देश्यले विदेशिएका तनहुँका ३५ युवा सम्झनामा सीमित भएका छन् । वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएपछि उनीहरु सम्झनामा सीमित भएका हुन् ।
चालु आर्थिक वर्षको हालसम्म जिल्लाबाट वैदेशिक रोजगारीमा गएका ३७ जनाले ज्यान गुमाएर बाकसमा फर्किएको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रमअन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ । विदेशमा काम गर्दा सो सङ्ख्यामा ज्यान गुमेको केन्द्र तनहुँका संयोजक लुना रानाले बताए।
व्यास नगरपालिकाका आठ जना, शुक्लागण्डकी नगरपालिकाका सात, भिमाद नगरपालिका चार, भानु नगरपालिकाका चार, म्याग्दे गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका चार, घिरिङ गाउँपालिका तीन, ऋषिङ गाउँपालिका दुई र अन्य जिल्लामा घर भई यहाँ अस्थायी बसोबास गर्ने चार गरी ३७ जनाको रोजगारीका क्रममा मृत्यु भएको रानाले जानकारी दिए।
यस्तै, चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा तनहुँमा ठगीका घटना १२०, जेलसम्बन्धी चार, स्वास्थ्य उपचाररपारिवारिक स्वास्थ्य उपचार २३, उद्धार २२, अन्य छ वटा दर्ता हुन आएकोमा १०८ वटा समाधान गरिएको र सात करोड २२ लाख नौ हजार २५७ रुपियाँ क्षतिपूर्ति प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । देशमा रोजगारीको अवसर नहुँदा प्रत्येक वर्ष नेपाली युवा जनशक्ति विदेशिने क्रम बढ्दै गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तनावमा र अत्यधिक काम गर्नेलगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रका परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ ।
मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटनालगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । केन्द्रले बिहीबार दमौलीमा पत्रकार सम्मेलन गरेर आफ्नो सेवा प्रवाहको बारेमा जानकारी दिएको थियो । सञ्चारकर्मीहरुले बैदेशिक समस्यालाई प्राथमिकता दिएर कलम चलाइदिएकोले वैदेशिक रोजगारीका क्रममा ठगिएका र अलपत्र परेका धेरै पीडितले राहत पाएको भन्दै भविष्यमा यस्ता विषयहरुलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुले भूमिका खेल्नुपर्ने संयोजक रानाको भनाइ थियो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि सामी कार्यक्रम प्रभावकारी बनेको बताए। यस कार्यक्रमले समस्यमा पर्न नदिन र परिसकेकालाई उद्धारका लागि प्रभावकारी ढङ्गबाट काम गरेकाले पीडितलाई राहत दिलाउन सजिलो भएको न्यौपानेको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: