ढल्केबर। धनुषाको सीमावर्ती क्षेत्रमा बिदेह नगरपालिका–२, दुहबीमा सशस्त्र प्रहरी बल र तस्कर समूहबिच भीडन्त भएको छ । तस्करीका सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो ।
बिहीबार साँझ भएको झडपमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक डिएसपी दिनेश शर्मालगायत ६ जना सुरक्षाकर्मी घाइते भएको छन् । घाइते सुरक्षाकर्मीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक निर्मल खड्काले तस्कर समूहले लुकाइ राखेको तस्करी सामग्री नियन्त्रणमा लिने प्रयास गर्दा एक्कासी प्रहरीमाथि आक्रमण भएको जानकारी दिए। सुरक्षाकर्मीमाथि अचानक आक्रमण भएपछि आत्मरक्षाका लागि १२ राउन्ड अश्रुग्यास र चार राउन्ड गोली हवाई फायर गरिएको उनले बताए ।
उनका अनुसार तस्कर समूहले भारतीय भूभागतर्फबाट प्रवेश गरी सामग्री ल्याउने प्रयास गरिरहेका थिए । तिनै सामग्री नियन्त्रणमा लिने क्रममा झडप भएको हो । भिडन्तपछि तस्कर समूह घटनास्थलबाट फरार भएका छन् ।
घटनाबारे थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २१ गते, २०८३ - १८:०४
ललितपुर । नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्ट...
जेष्ठ २१ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहीबार काठमाडौंको माइतीघर मण...
जेष्ठ २१ गते, २०८३ - १७:२३
काठमाडौँ। महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई बिरामीमैत्री बनाउन रु एक करोड ७० लाख बराबरका प्रविधि, साधन तथा उपकरण हस्ता...
जेष्ठ २१ गते, २०८३ - १६:५५
नयाँदिल्ली। भारतको बिहारको एक निजी अस्पतालको इन्टेन्सिभ केयर युनिट (आईसीयू) मा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएको अध...
जेष्ठ २१ गते, २०८३ - १६:४१
ललितपुर । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाजको बाधक...
जेष्ठ २१ गते, २०८३ - १६:३४
काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमक...
जेष्ठ २१ गते, २०८३ - १६:०५
काठमाडौँ। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । शिक्षा तथ...
जेष्ठ २१ गते, २०८३ - १५:४३
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। होल्डिङ सेन्टरमा गत सोमबार बेहोस...
जेष्ठ २१ गते, २०८३ - १५:३१
पाकिस्तान। पाकिस्तानको निर्यात ९.५९ प्रतिशतले बढेर मे महिनामा दुई अर्व ७० करोड अमेरिकी डलर पुगेको जनाइएको छ । यस अघि अप्रिलको निर्यात दुई अर्व ४७ करोड...
जेष्ठ २१ गते, २०८३ - १५:१६
ढाका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल...



प्रतिकृया लेख्नुहोस्: