सुलीकोट। गोरखाको पालुङटार नगरपालिकामा यस वर्ष लिची बिक्रीबाट ११ करोड १५ लाख रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षभन्दा पनि बढी लिची उत्पादन भएको छ ।
गत साल लिची उत्पादनबाट ६, ७ र ८ नम्बर वडामा १० करोड २५ लाख रुपियाँ आम्दानी भएको थियो भने यस वर्ष बढेर ११ करोड १५ लाख रुपियाँको कारोबार भएको कृषि ज्ञान केन्द्र गोरखाका अर्थ विज्ञ सुमन भट्टराईले जानकारी दिए।
उनका अनुसार गोरखामा लिची ३ हजार रोपनी क्षेत्रफल जमिनमा लगाउने गरिएको छ । जसमा गत वर्ष १० करोड २५ लाखको लिची उत्पादन भएकोमा यस वर्ष बढेर ११ करोड १५ लाख लिची उत्पादन भएको वडा अध्यक्ष कुमालले बताए ।
किसानले यस वर्ष लिची उत्पादनसँगै बजार भाउ पनि राम्रो पाएका छन्, लिची किसान ईश्वर श्रेष्ठले भन्नुभयो, “यस वर्ष किसानको घरमा झापा मकवनपुर, चितवन र सुनसरीका व्यापारीहरु फूल फुल्दा देखिनै किसानहरुले लगाएको लिची कति छ त्यसको मूल्य फाईनल गरी अग्रिम पैसा सम्बन्धित किसानलाई बुझाएर जाने गरेको छ ।”
किसानले लिची उत्पादन बढाउनका लागि रासयनिक मलको प्रयोग गर्दैनन् । प्रत्योक किसानले आफनो घर गोठको गोठेमोल र स्याउला प्रयोग गर्ने गरेका छन् । प्राङ्गरिक मलको प्रयोग गरेर यहाँको किसानले लिची उत्पदान बढाउँदै आएका छन् ।
जिल्लाको सबैभन्दा बढी लिची उत्पादन हुने ठाउँ पालुङटार नगरपालिकाको ६, ७ र ८ नम्बर वडा रहेकाले अधिकांश वडाबासीहरु लिची खेतीमा आश्रित हुने गरेका छन् । यस क्षेत्र लिचीको पकेट क्षेत्र भएकाले पनि वडा न ७ बाट मात्रै झण्डै ९ करोड र वडा नम्बर ८ बाट १ करोड र वडा ६ बाट झण्डै १ करोड भन्दा बढी रुपियाँको लिची बिक्रि भएको पालुङटार नगरपालिकाले जनाएको छ ।
कम लगानीमा धेरै आम्दानी भएपछि ६, ७ र ८ वडाको अधिकांश ९० प्रतिशत किसान लिचीमा आश्रित रहेका छन् । पालुङटार नगरपालिका लिची उत्पादन गर्न सबैभन्दा उपयुक्त ठाउँ भएकाले पनि लिचि तर्फ किसानको ध्यान गएको कृषि ज्ञान केनद्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले बताए।
पालुङटार नगरपालिकामा अत्यधिक मात्रामा लिची उत्पादन हुने क्षेत्र भएकाले हरेक वर्ष वडा कार्यालयबाट रु ३ लाख बजेट विनियोजन गरी किसानलाई ५० प्रतिशत अनुदानमा लिचिको बिरुवा वितरण गरी किसानको आयआर्जनमा वृद्धि गर्ने काम गरिएको वडा अध्यक्ष अर्जुन कुमालको भनाइ छ ।
लिचीको बजार व्यवस्थापनको लागि कुनै समस्या नभएपछि पालुङटारका ३ वडाका किसानहरुले बाँझो रहेको जमिनमा लिचीको बिरुवा किनेर धमाधम लिचीको बिरुवा लगाउन थालेको पालुङटार ७ का स्थानीय किसान कमल गुरुङले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: