काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई अब पार्टीको नेता मान्न नसकिँने तर्क गरेका छन्।
झाक्रीले गत शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीले अध्यक्ष नेपालतिर लक्षित गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ बताएकी थिइन्।
त्यसबारे एक अन्तर्वार्तामा पाण्डेले भनेका छन्, ‘एउटा पार्टीको कार्यकर्ता अथवा पार्टीको नेता, स्थायी कमिटीको सदस्यको हिसाबले उहाँले बोल्न नहुने शब्दहरू बोल्नुभएको हो। उहाँलाई त्यही कुरा बोल्न पर्यो भने पार्टीको स्थायी कमिटीको बैठक हुन्छ, पार्टीको सचिवालयको बैठक हुन्छ, त्यहाँ मैले केही कुरा भन्न पाउनुपर्यो भनेर भन्न पाउनुहुन्छ। तर उहाँले जुन ढंगले भन्नुभयो, त्यहाँ माधव नेपाललाई मात्रै गाली गर्नुभएको छैन। उहाँले ३२ मिनेट जति बोल्नुभयो, ३२ मिनेटमा २०–२२ मिनेट उहाँले लगातार एकीकृत समाजवादी पार्टीलाई गाली गर्नुभएको छ।
उनले एकीकृत समाजवादी पार्टी बन्दैन भनेर युवा जमातलाई पार्टीमा तपाईंहरू किन बसिरहेको समेत भनेको बताए।
उनले थपे, पार्टीमा बसेर त्यो पार्टीको कार्यकर्तालाई अर्कोतिर पठाउने, भड्काउने काममा उहाँ लाग्नुभएको छ। यो सबै गतिविधिले हेर्दाखेरी, उहाँलाई अहिले हाम्रो पार्टीको नेता भन्न सुहाउँदैन।’
झाक्री जहाँ गए पनि पार्टीविरुद्ध लागेको उनको दाबी छ।
‘उहाँ जहाँ जानुहुन्छ, त्यहाँ पार्टीको विरुद्धमा बोल्नुहुन्छ। पार्टीले निर्णय नगरेको कुराको विरुद्धमा बोल्नुहुन्छ,’ पाण्डेले भने, ‘अनुशासनहीन मान्छेहरू बसेर पार्टी ठूलो हुँदैन। पार्टी बलियो हुँदैन। त्यसो हुनाले उहाँलाई कारबाही गर्नुपर्छ। हामी पहिला उहाँलाई स्पष्टीकरण सोध्छौँ। त्यो स्पष्टीकरणमा उहाँले उत्तर दिनुहुन्छ, त्यसैको आधारमा हामी उहाँलाई कारबाही गर्छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २ गते, २०८२ - ०९:३०
काठमाडौँ । रूपन्देही जिल्ला अदालतको आदेशले थुनामुक्त भएको एक महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सङ्गठित अ...
माघ २ गते, २०८२ - ०९:२४
भक्तपुर । भक्तपुरका बौद्ध धर्मावलम्बीहरूले दानमध्येको महादान मानिने 'सम्यक दान पर्व' हर्षोल्लासका साथ मनाउँदै छन्। नेपाल संवत् ७८७ भन्दा अघिदे...
माघ २ गते, २०८२ - ०९:१९
पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चा...
माघ २ गते, २०८२ - ०८:२६
काठमाडौं । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोकेको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक भार बन्न सक्...
माघ २ गते, २०८२ - ०८:१९
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि...
माघ २ गते, २०८२ - ०८:०७
काठमाडौं । सानेपास्थित केन्द्रीय कार्यालय परिसरमा बुधबार दिउँसो १२ः१६ बजे प्रवेश गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेस नेता र कार्यकर्त...
माघ २ गते, २०८२ - ०७:५०
काठमाडौं । विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्वको समानान्तर संरचना बनाएपछि विभाजन भएको विघटित संसद्को ठुलो शक्ति कांग्रेस विवाद निर्वाचन आयोग पुगेक...
माघ २ गते, २०८२ - ०७:४०
काठमाडौं । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा काठमाडौंको ऐतिहासिक सहर टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ। यसवर्ष टोखाबाट मात्रै ५ करोड रु...
माघ २ गते, २०८२ - ०७:३५
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरल...
माघ २ गते, २०८२ - ०७:१९
काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हु...




प्रतिकृया लेख्नुहोस्: