काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई अब पार्टीको नेता मान्न नसकिँने तर्क गरेका छन्।
झाक्रीले गत शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाक्रीले अध्यक्ष नेपालतिर लक्षित गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ बताएकी थिइन्।
त्यसबारे एक अन्तर्वार्तामा पाण्डेले भनेका छन्, ‘एउटा पार्टीको कार्यकर्ता अथवा पार्टीको नेता, स्थायी कमिटीको सदस्यको हिसाबले उहाँले बोल्न नहुने शब्दहरू बोल्नुभएको हो। उहाँलाई त्यही कुरा बोल्न पर्यो भने पार्टीको स्थायी कमिटीको बैठक हुन्छ, पार्टीको सचिवालयको बैठक हुन्छ, त्यहाँ मैले केही कुरा भन्न पाउनुपर्यो भनेर भन्न पाउनुहुन्छ। तर उहाँले जुन ढंगले भन्नुभयो, त्यहाँ माधव नेपाललाई मात्रै गाली गर्नुभएको छैन। उहाँले ३२ मिनेट जति बोल्नुभयो, ३२ मिनेटमा २०–२२ मिनेट उहाँले लगातार एकीकृत समाजवादी पार्टीलाई गाली गर्नुभएको छ।
उनले एकीकृत समाजवादी पार्टी बन्दैन भनेर युवा जमातलाई पार्टीमा तपाईंहरू किन बसिरहेको समेत भनेको बताए।
उनले थपे, पार्टीमा बसेर त्यो पार्टीको कार्यकर्तालाई अर्कोतिर पठाउने, भड्काउने काममा उहाँ लाग्नुभएको छ। यो सबै गतिविधिले हेर्दाखेरी, उहाँलाई अहिले हाम्रो पार्टीको नेता भन्न सुहाउँदैन।’
झाक्री जहाँ गए पनि पार्टीविरुद्ध लागेको उनको दाबी छ।
‘उहाँ जहाँ जानुहुन्छ, त्यहाँ पार्टीको विरुद्धमा बोल्नुहुन्छ। पार्टीले निर्णय नगरेको कुराको विरुद्धमा बोल्नुहुन्छ,’ पाण्डेले भने, ‘अनुशासनहीन मान्छेहरू बसेर पार्टी ठूलो हुँदैन। पार्टी बलियो हुँदैन। त्यसो हुनाले उहाँलाई कारबाही गर्नुपर्छ। हामी पहिला उहाँलाई स्पष्टीकरण सोध्छौँ। त्यो स्पष्टीकरणमा उहाँले उत्तर दिनुहुन्छ, त्यसैको आधारमा हामी उहाँलाई कारबाही गर्छौं।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: