Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

मनाङमा ‘यार्तुङ’

खबरडबली संवाददाता

मनाङ। ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला मनाङमा ‘यार्तुङ’ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । सोमबारदेखि पर्व सुरु भएको हो । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् भन्ने कामना तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि पर्व मनाउने गरिएको हो ।

माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाउने गरिन्छ । यहाँ पाँच दिनसम्म पर्व मनाउने चलन छ ।  ट्याङ्की, मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ट्याङ्की मनाङ पर्यटन व्यवस्थापन उपसमितिको समन्वयमा यार्तुङ पर्व मनाइँदै आइएको छ ।

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले विशेषगरी लामा नाचेर पर्व मनाउने गरिएको बताए । विगतमा जिल्लाभरि मनाइने पर्व बसाइँसराइले गर्दा हाल माथिल्लो मनाङमा मात्रै मनाउने गरिएको उनले सुनाए ।

यस पर्वलाई पाँच दिनसम्म उत्साहपूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् । “घोडालाई भगवान्को रूपमा पुजिन्छ । विगतमा गाउँमा सबैले घोडा पाल्थे, खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रूपमा पूजा हुन्थ्यो”, अध्यक्ष गुरुङले भने, “अचेल घोडा पाल्ने प्रचलन कम भएकाले पर्व मनाउने चलन छोड्दै गए पनि माथिल्लो क्षेत्रमा भने कायमै छ । यहाँ घोडालाई महत्त्वपूर्ण साधनको रूपमा लिइन्छ, यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन पनि गर्छ ।”

वर्षायाममा रोगव्याधिबाट जोगाउनु नै यस पर्वको महत्त्व तथा विशेषता हो । जानकारहरूका अनुसार यस पर्वको माध्यमबाट मनाङको परम्परागत धार्मिक आस्थालाई जोगाउनसमेत टेवा पुगेको छ । पर्वको माध्यमबाट गाउँ, समाज र व्यक्ति–व्यक्तिबीच एकापसमा सामाजिक सद्भावको विकास भइरहेको अध्यक्ष गुरुङसमेत स्वीर्काछन् ।

यस पर्वप्रति विदेशी तथा स्वदेशीमा आकर्षण बढ्दो भए पनि स्थानीय युवाको सहभागिता कम हुँदै गएको स्थानीय ज्येष्ठ व्यक्तित्व सगर गुरुङको भनाइ छ । युवा विदेशिनु, अध्ययन, जागिरलगायत कारणले गाउँ छोड्नुजस्ता कारणले सहभागिता घटेको उनको बुझाइ छ ।

‘यस पर्वतर्फ पर्यटकको आकर्षण बढ्दो छ । यहाँका वेशभूषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो, हाम्रो संस्कृतिको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न थप ऊर्जा मिल्छ । यहाँको संस्कृति अध्ययन तथा प्रवर्द्धन स्थानीयको दायित्व हो’, गुरुङले भने ।

धेरै ठाउँमा सडक नपुगेकाले अझै पनि घोडा यहाँको प्रमुख यातायात तथा सामान ढुवानीको साधन हो । जिल्लाको नार्पाभूमि गाउँपालिकामा सडक पुगेको छैन, यहाँ घोडा अझै पनि उत्तिकै महत्वपूर्ण छ । सडक पुगेका स्थानमा भने यसको प्रयोग घट्दै गएको छ । ती क्षेत्रमा घोडा पाल्ने चलन पनि कम हुँदै गएको छ ।

समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, विश्वको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गतको (४५१६ मिटर) थोराङ्ला भञ्ज्याङ यात्रामा पर्यटकको सहजताका लागि घोडाकै प्रयोग गरिन्छ ।

यहाँ घाँस-दाउरा, लेकबाट जडीबुटी सङ्कलन, खाद्यान्न तथा औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजानसमेत घोडाको प्रयोग हुँदै  आएको गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाको भनाइ छ । सडक पुगेका क्षेत्रमा घोडा पाल्ने प्रचलन घट्दै गए पनि सडक सञ्जालले छुन नसकेका स्थानमा पुग्न घोडाले नै सहयोग पुर्‍याउँदै आएको उनले सुनाए।

मनाङमा आलु, फापर, जौ, करु, कोदो, बोडीलगायत बाली बढी लगाइने गरिन्छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending