नेपालगन्ज। भारतबाट ल्याइएको कुखुराको मासु खाँदा बाँकेको खजुरा गाउँपालिका ४ सिर्जना टोलका १३ जना बिरामी परेका छन् । आफन्तको घरमा पाहुना बनेर गएका उनीहरूले कुखुराको मासु, पुलाउ र राजमा खाएकोमा कुखुराको मासु खानेहरु बिरामी परेको जानकारी प्राप्त भएको वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोका क्षेत्रीले बताए ।
भारतीय सिमा क्षेत्र नजिकबाट ल्याएको कुखुराको मासु खाँदा १३ जना बिरामी परेको जनाइएको वडा अध्यक्ष रोका क्षेत्रीले बताए। खजुरा ४ एफ गाउँमा आफन्तको घरमा भात खुवाई कार्यक्रममा सहभागी भई घर आएका उनीहरु बिरामी परेका हुन् । एकै परिवारका ७ जनासहित १३ जना विरामी परेको खजुरा ४ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज गेहेन्द्र जैसीले बताए ।
बिरामी हुनेमा बालबालिका पनि रहेको जनाउँदै जैसीले उनीहरूमा झाडा पखाला, उल्टी, ज्वरो आउने, रिङ्गटा लाग्ने समस्या देखिएको बताए। उनले पुलाउ, तरकारी, अचार खाएकाहरुलाई केहि नभएको र कुखुराको मासु खानेहरु विरामी परेको जनाए।
भात खुवाईमा गएका ६ जना र घरको लागि पोको बनाएर ल्याएको खाना खाएर अरु थप ७ जना विरामी परेको जनाउँदै सो अवसरमा सहभागी भएका अन्य अरु थप सामान्य बिरामी भएको र उपचार पछि निको भएर घर गइसकेको खजुरा ४ आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज जैसीले बताए ।
बिरामीहरुको उपचार बाँके सिटी अस्पताल खजुरामा भइरहेको खजुरा गाउँपालिकाले जनाएको छ । खानाको कारण बिरामी परेका बिरामीलाई भेट्न अस्पताल पुगेका खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले घटनाबारे आवश्यक अनुसन्धान गर्न सम्बन्धि निकायमा अनुरोध गरेको छन् ।
बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खजुरा गाँउपालिकाका अध्यक्षसँगै उपाध्यक्ष मन्जु मल्ल, वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोकाक्षेत्री, वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेख, सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल, वडा सदस्य रितु गिरी, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओली लगायतको टोली अस्पताल पुगेको थियो ।
कुखुराको मासु खाएर बिरामी हुनेहरुमा वडा ४ का राम बहादुर बिष्ट, मिना बुढा कुमारी मगर, रियान बिष्ट, आयुषा बिष्ट, हिमराज बिष्ट, मनोज बिष्ट, सिता बुधाछेत्री, लिलावती बिष्ट, खुसी बिष्ट लगायत रहेको छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ९ गते, २०८३ - १८:००
काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...
बैशाख ९ गते, २०८३ - १७:४८
काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...
बैशाख ९ गते, २०८३ - १७:२९
काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...
बैशाख ९ गते, २०८३ - १७:१८
काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...
बैशाख ९ गते, २०८३ - १७:१०
काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...
बैशाख ९ गते, २०८३ - १६:४४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...
बैशाख ९ गते, २०८३ - १६:३१
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...
बैशाख ९ गते, २०८३ - १६:१६
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...
बैशाख ९ गते, २०८३ - १६:०४
कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...
बैशाख ९ गते, २०८३ - १५:४१
विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...


प्रतिकृया लेख्नुहोस्: