काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् ।
सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडी सारेका छन् । उनले यो पनि भने कि आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई बैठकमा आमन्त्रण गरेको भए पनि नआएकोसमेत जिकिर गरेका छन् ।
‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ पनि हुँदैन, त्यसमा म छानबिन गर्ने पक्षमा नै छु,’ खतिवडाले भने, ‘राजिनामा दिने नदिने कुरा पछि हुन्छ तर पहिला यसमा छानबिन गरौँ न, मेरो दोष देखिए म तयार छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि।’
छानबिन पछि आफनो संलग्नता भेटिएमा कारबाही भोग्न तयार रहेको बताउँदै सो बिषयमा छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए।
समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ । तर, उनले स्विकार र अस्विकार केही पनि गरेका छैनन । उनले यति मात्रै जोड गरेका छन कि यस बिषयमा पहिला छानबिन हुनुपर्छ ।
पारित भएको विधेयकको दफा ८२ (४ं) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । यो समितिमा भएको सहमति हो ।
तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योदघाटन भएको हो ।
विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसमा थप एक वाक्य थपिएको खुले पछि अहिले तिब्र आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ४ गते, २०८३ - १८:०५
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र एकता कायम राख्न नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्। तर, निवर्तमान सभा...
श्रावण ४ गते, २०८३ - १६:५७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पुँजी बजार र धितोपत्र व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। ...
श्रावण ४ गते, २०८३ - १६:३६
काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। प्रहरीका अनुसार हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क...
श्रावण ४ गते, २०८३ - १६:२८
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका, कम गुणस्तर र गैर–खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्यवस्तुको बिक्री नग...
श्रावण ४ गते, २०८३ - १६:२०
फिदिम। पाँचथरको फालेलुङ गाउँपालिका–२ एकतिन स्थित जोरपोखरी–एकतिन–मेमेङ सडक खण्डमा भीषण पहिरो गएको छ । पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । ...
श्रावण ४ गते, २०८३ - १६:०८
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो २४ घण्टामा देशभर विपद्जन्य ६२ वटा घटना भएका छन् । सो अवधिमा मुलुकका विभि...
श्रावण ४ गते, २०८३ - १६:००
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश: कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न...
श्रावण ४ गते, २०८३ - १५:५०
चितवन। दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ । ध्रुर्वे जङ्गली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ । हात्तीले ग...
श्रावण ४ गते, २०८३ - १५:४१
विराटनगर। विराटनगर भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापारमा प्रशोधित भटमासको तेल सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पहिलो स्थान रहेको छ । ...
श्रावण ४ गते, २०८३ - १५:३२
काठमाडौं । नेपाली सेयर बजारले वृद्धिको लयलाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्दै २७१९ अंकमा पुगेको छ। ...



प्रतिकृया लेख्नुहोस्: