काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् ।
सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडी सारेका छन् । उनले यो पनि भने कि आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई बैठकमा आमन्त्रण गरेको भए पनि नआएकोसमेत जिकिर गरेका छन् ।
‘यो संसदमाथिको ठुलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ पनि हुँदैन, त्यसमा म छानबिन गर्ने पक्षमा नै छु,’ खतिवडाले भने, ‘राजिनामा दिने नदिने कुरा पछि हुन्छ तर पहिला यसमा छानबिन गरौँ न, मेरो दोष देखिए म तयार छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि।’
छानबिन पछि आफनो संलग्नता भेटिएमा कारबाही भोग्न तयार रहेको बताउँदै सो बिषयमा छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक पनि नबस्ने बताए।
समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ । तर, उनले स्विकार र अस्विकार केही पनि गरेका छैनन । उनले यति मात्रै जोड गरेका छन कि यस बिषयमा पहिला छानबिन हुनुपर्छ ।
पारित भएको विधेयकको दफा ८२ (४ं) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन,’ भन्ने व्यवस्था छ । यो समितिमा भएको सहमति हो ।
तर, त्यसलाई खण्डित गर्ने गरी दफा ८२ (५) (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको रहस्योदघाटन भएको हो ।
विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो । तर, त्यसमा थप एक वाक्य थपिएको खुले पछि अहिले तिब्र आलोचना भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १४:३९
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी ...
मंसिर २९ गते, २०८२ - १४:२४
काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा एक जना श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा संखुवासभा मादीका प्रेम दोर्ची शेर्पा रहेका छन्। उनले नै यसअ...
मंसिर २९ गते, २०८२ - १४:१०
तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...
मंसिर २९ गते, २०८२ - १४:०१
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...
मंसिर २९ गते, २०८२ - १३:५२
काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...
मंसिर २९ गते, २०८२ - १३:१३
काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...
मंसिर २९ गते, २०८२ - १३:०५
लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ । ...
मंसिर २९ गते, २०८२ - १२:१८
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...
मंसिर २९ गते, २०८२ - ११:५२
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...
मंसिर २९ गते, २०८२ - ११:४५
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...




प्रतिकृया लेख्नुहोस्: