काठमाडौँ। करिब एक महिनाको बिचमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षकदेखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार एक सय ९६ जनाको बढुवा गरेको छ ।
बढुवा हुनेमा सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षकमा ११ जना, नायब निरीक्षकमा ३४ जना, लेखा उपसमुहतर्फ सशस्त्र प्रहरी नायब निरीक्षक ६ जना रहेको सशस्त्र प्रहरीका डिएसपी एवमु सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् ।
मुख्यालयले बढुवा हुनका लागि जेठ १९ गते सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक र सशस्त्र प्रहरी नायब निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनका लागि १० दिन भित्र बढुवा फाराम भर्न भनिएको थियो ।
त्यसैगरी, सशस्त्र प्रहरी बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनका लागि १५ दिनभित्र बढुवा फाराम भरी बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको हो ।
बढुवा मूल्याङ्कन फारामको लागि योग्य उम्मेदवारले आफुले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी बढुवा समितिको सचिवालयमा पेश गर्न समेत भनिएको थियो । खाली रहेका अन्य दर्जामा समेत तत्कालै बढुवा प्रक्रिया सुरु हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ११:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपसभामुख पदका लागि उम्मेदवार चयनबारे छलफलमा जुटेको छ। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ...
चैत्र २६ गते, २०८२ - ११:२३
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टरा...
चैत्र २६ गते, २०८२ - ११:१८
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी...
चैत्र २५ गते, २०८२ - २१:१६
कुन दलले के भन्यो ?
चैत्र २५ गते, २०८२ - २१:०९
म्याग्दी। कालिगण्डकी कोरिडोर सडक अन्तर्गत बेनी–गलेश्वर खण्डमा बुधबार साँझ यात्रुबहाक बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा भारतीय तीर्थयात्री घाइते भएका छ...
चैत्र २५ गते, २०८२ - १९:४२
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताएको छन् । बुधबार स...
चैत्र २५ गते, २०८२ - १९:३५
काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नागरिकलाई केन्द्रमा राखी उनीहरूका समस्या, गुनासो र अपेक्षाको उचित सम्बोधन गर्दै सेवा प्रवाहला...
चैत्र २५ गते, २०८२ - १८:५९
काठमाडौं । सुधन गुरुङले स्वीस बैंकमा नेपाली उच्च पदस्थ व्यक्तिहरूले भ्रष्टाचार वा अन्य गैरकानुनी गतिविधिबाट आर्जन गरेको रकम भए त्यसलाई फिर्ता ल्याउन प...
चैत्र २५ गते, २०८२ - १८:५६
विदेशी राजदूतहरूलाई बालेनको यस्तो सन्देश
चैत्र २५ गते, २०८२ - १८:४२
सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामचन्द्र खड्काले कुलोबाट मोटर जोडी खेत...


प्रतिकृया लेख्नुहोस्: